मणिपुरमा 9 फुट लामो देशी रकेट जफत, दुई उग्रवादी पक्राउ
मणिपुरमा 9 फुट लामो देशी रकेट जफत, दुई उग्रवादी पक्राउ


इम्फाल, 8 अक्टोबर (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूले एक महत्वपूर्ण कारबाही गर्दै चुराचाँदपुर जिल्लामा विस्फोटकहरूले भरिएको एउटा देशी रकेटलाई जफत गरेका छन्। साथै भिन्न-भिन्न अभियानहरूमा दुईजना उग्रवादीहरूलाई पनि पक्राउ गरिएको छ।

मणिपुर पुलिस मुख्यालयद्वारा बुधवार जारी एक आधिकारिक बयानमा बताइएको छ, 9 फुट लामो र लगभग 200 किलो वजन भएको रकेट एस लोनफाई र तुईकोंग गाउँ नजिकैबाट जफत गरियो। यस घटनापछि सुरक्षा चिन्ताहरूलाई अझ बढ़ाइदिएको छ, किनभने सेप्टेम्बर, 2024-मा बिष्णुपुर जिल्लाको मोइरांगमा भएको एक रकेट हमलामा एकजना बुजुर्ग व्यक्तिको मृत्यु भएको केही महिनापछि भएको छ। अधिकारीहरूले जफत गरिएको हतियार अनि क्षेत्रमा सक्रिय उग्रवादी संगठनहरूबीच सम्भावित सम्बन्धलाई लिएर जाँच गरिरहेको छ।

अर्कोतिर अलग-अलग उग्रवाद-रोधी अभियानहरूमा मणिपुर पुलिसले विभिन्न प्रतिबन्धित समूहसित जोड़िएका दुईजना सक्रिय उग्रवादी कार्यकर्ताहरूलाई पक्राउ गऱ्यो। गए 7 अक्टोबरमा रिभोल्यूशनरी पीपुल्स फ्रण्ट/पीपुल्स लिबरेशन आर्मी (आरपीएफ/पीएलए)- का एकजना क्याडर जसको पहिचान खोंगबंताबम प्रियोबर्ता मैतेई उपनाम बोइचा उपनाम तोम्बा उपनाम अबुंग (37) -को रूपमा भएको छ,- लाई इम्फाल पश्चिम जिल्लाको सिंगजामेई पुलिस स्टेशन अन्तर्गत क्वाकेथेल कोंगजेंग लेइकाईस्थित उसको आवासबाट पक्राउ गरियो। पुलिसले उबाट एउटा मोबाइल फोन र एउटा आधार कार्ड जफत गऱ्यो।

यसरी नै गत 6 अक्टोबरको दिन सुरक्षाकर्मीहरूले इम्फाल पूर्व जिल्लाको पोरोम्पट पुलिस स्टेशन अन्तर्गत कोंगपाल खैदेम लेइकाईबाट कांगलीपाक कम्युनिस्ट पार्टी (प्रोग्रेसिभ वार ग्रुप)- का एकजना सक्रिय क्याडर थोकचोम मैकेल सिंह उपनाम मुनान (25)-लाई पक्राउ गरेका थिए। उसको कब्जाबाट एउटा मोबाइल फोन जफत गरिएको छ। यो जफती अनि पक्राउ मणिपुरमा विद्रोही नेटवर्क तथा अवैध हतियारहरूमाथि चलिरहेको कारबाहीमा एक महत्वपूर्ण प्रगतिको प्रतीक हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande