केन्द्रिय मन्त्री किरण रिजिजुद्वारा बिजनबारीमा पैह्रो प्रभावित क्षेत्रहरुको भ्रमण
केन्द्रिय मन्त्री किरण रिजिजुद्वारा बिजनबारीमा पैह्रो प्रभावित क्षेत्रहरुको भ्रमण


बिजनबारी, 08 अक्टोबर (हि.स.)। केन्द्रिय संसदीय मन्त्री किरण रिजिजुले बिजनबारीमा पैह्रो प्रभावित क्षेत्रहरुको भ्रमण गर्दै स्थितिको जायजा लिएका छन्। यस अवधि उनले पत्रकारहरुलाई सम्बोधन गर्दै दार्जिलिङ पहाडमा भएको यस प्राकृतिक आपदामा पीडित जन साधारणलाई केन्द्र अनि राज्य सरकार मिलेर पुनर्वासको निम्ति कार्य गरिने बताए।

मुख्यमन्त्री ममता ब्यानर्जीले पैह्रोमा परेर ज्यान गुमाएका मृतकका परिवारको निम्ति राहत उपलब्ध गराउनका साथै उनीहरूलाई दीर्घकालीन पुनर्वास गराउनु पर्ने बताए। यसमा केन्द्र सरकारले पूर्ण रूपमा सहयोग गर्ने बताउँदै पुनर्वास अनि यहाँको पूर्वाधार पुन: निर्माण एउटा चुनौती रहेको बताए। उक्त भ्रमणमा केन्द्रिय मन्त्री किरण रिजिजुसँगै दार्जिलिङका सांसद राजु विष्ट अनि विधायक निरज जिम्बा अनि रेलिङ कैंजले समष्टिमा सभासद सतीश पोख्रेल पनि उपस्थित रहेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande