नयाँ दिल्ली, 8 अक्टोबर (हि.स.)। आम आदमी पार्टी (आआपा)- का राष्ट्रिय संयोजक अरविन्द केजरीवालले उच्चतम न्यायालयमा न्यायमूर्ति बीआर गवईमाथि जुत्ता प्रहार गर्ने वकिल राकेश किशोरमाथि अलिकति पनि लचकता नदेखाउने अपील गरे। उनले भने, यसप्रकारको घटनालाई यदि अदेखा गरियो भने सम्पूर्ण न्याय व्यवस्थाको प्रतिष्ठामाथि प्रश्नचिह्न लाग्नसक्छ।
अरविन्द केजरीवालले बुधवार साेशल मीडिया एक्समा भने, यदि देशको सर्वोच्च पीठमा विराजमान न्यायमूर्तिमाथि यसप्रकारको आक्र्मण गर्नेलाई दण्ड दिइएन भने अन्य न्यायाधीशहरूको सुरक्षा कसरी हु्छ। यो न्यायपालिकाको लागि एक गम्भीर संकेत हो।
उनले भने, न्यायमूर्ति गवईले यस घटनाको उपरान्त कुनै कठोर कारबाही नगर्ने जुन निर्णय लिए, त्यसले उनको उदारतालाई दर्शाउँछ, तर यस्तो घटनालाई सहिष्णुताको रूपमा मात्र हेर्नु उचित होइन।
केजरीवालले भने, जसले सोशल मीडियामा न्यायमूर्ति गवईको उपहास गरिरहेका छन् अथवा उनलाई धम्काउने चेष्टा गरिरहेका छन्, उनीहरूको उदेश्य सम्पूर्ण न्याय व्यवस्थालाई भयभित बनाउनु हो। यस्ता सबै व्यक्तिहरूविरूद्ध कानून अनुसार कठोर कारबाही गर्न आवश्यक छ।
उल्लेखनीय छ, गत 6 अक्टोबरको दिन उच्चतम न्यायालयको प्रथम पीठमा एउटा याचिकामाथि सुनवाई भइरहेको समय 71 वर्षीय अधिवक्ता राकेश किशोरले न्यायमूर्ति बीआर गवईमाथि जुत्ताले प्रहार गर्ने चेष्टा गरे। यो याचिका खजुराहो मन्दिरमा भगवान विष्णुको खण्डित प्रतिमाको पुनर्स्थापनासित सम्बन्धित थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा