गुवाहाटी, 08 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले वायुसेना दिवसको अवसरमा भारतीय वायुसेनाका वीर जवानहरूलाई शुभकामना दिए।
मुख्यमन्त्रीले भने, “हाम्रो आकाशको रक्षादेखि लिएर शत्रुको आकाशलाई प्रकाशमय बनाउनेसम्म, भारतीय वायुसेनाले भारतको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। उनीहरूले गर्वले आकाशलाई भरिदिन्छन् अनि 24x7 राष्ट्रिय सेवामा तत्पर रहने हाम्रो ‘आँखाको आकाश’ हुन्।”
उनले देशको रक्षामा वायुसेनाको योगदानको सराहना गर्दै सबैै जवानहरूको उज्जवल भविष्य अनि उत्तम स्वास्थ्यको कामना समेत गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा