सिलगढ़ी, 08 अक्टोबर (हि.स.)। राज्यकी मुख्यमन्त्री ममता ब्यनर्जी सिलगढ़ीदेखि कोलकाता तर्फ प्रस्थान भएकी छन्। मुख्यमन्त्री गत सोमवार पैह्रो अनि बाढ़ी ग्रस्त उत्तर बंगालको स्थितिको जायजा लिन आएकी थिइन्। उनले स अवधि डुवर्ससँगसँगै पहाड़ी क्षेत्रको पनि भ्रमण गरिन्। उनी मिरिकको दुधिया पनि गइन् जहाँ उनले क्षतिग्रस्त फलामको पुलको निरीक्षण गरिन्। यस अवधि उनले प्रभावित परिवारहरूसित बातचित गरिन्।
उनले भनिन्, दुधियामा आगामी केही हप्ताभित्रै एक बेली ब्रिज बनिनेछ। अर्कोतिर बुधवार कोलकाता फर्किनअघि मुख्यमन्त्रीले बताइन्, गए मंगलवार राती मिरिकको निम्ति राहत सामग्री पठाइएको छ। मिरिकमा लगभग 400 ब्याग राहक सामग्री पठाइएको छ। ती ब्यागहरूमा साड़ी, स्वेटर तथा अन्य कपड़ाहरू छन्। नागराकाटा, धुपगुड़ी र मयनागुड़ीका जिल्लाधिकारीहरूलाई पनि राहत सामग्गरी प्रदान गर्न भनिएको छ।
मुख्यमन्त्रीले बताइन्, पञ्चायत मन्त्री अलिपुरद्वार गइरहेका छन्। मुख्यमन्त्री स्थितिको जायजा लिनका लागि आगामी हप्ता फेरि उत्तर बंगालमा आउनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा