उत्तर 24 परगना, 08 अक्टोबर (हि.स.)। जिल्लाको गोबरडांगा-मछलंदपुर स्टेशनबीच एउटा रेल पुलको छेउमा रेल लाइनहरूबीच युवकको रगताम्मे शव भेटियो जसको गला बेल्टले बाँधिएको थियो।
मृत युवकको अहिलेसम्म पहिचान हुन सकेको छैन। गोबरडांगा थानाको पुलिस तथा बनगाउँ जीआरपीले घटनास्थलमा पुगेर शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।
पुलिस सूत्र अनुसार बुधवार बिहान केही मानिसहरू रेलवे ट्र्याक भएर गुज्रिरहेका थिए। उनीहरूले रेलवे लाइन नजिक झोपड़ी क्षेत्रका केही मानिसहरू भेला भएको देखे अनि सोध्दा थाहा लाग्यो कि एकजना युवकको शव लड़िरहेको छ।
शव रेल लाइनको बीचमा लड़िरहेको थियो। शवको गलामा बेल्ट बाँधिएको थियो भने शरीरभरि गहिरो चोटको निशान थियो। शुरूआतमा मामिला आत्महत्या जस्तै थियो, तर गला बेल्थले बाँधिएको र शरीरभरी गम्भीर चोटहरू रहेको कारणले पुलिसले हत्या भएको शंका व्यक्त गरेको छ।
पुलिसको अनुमानमा युवकको अन्यत्र हत्या गरेर शवलाई रेल लाइन नजिक फालिदिएको हुनसक्छ। मृतकको उमेर लगभग 30 वर्ष रहेको बताइएको छ। अनुहार पूर्ण रूपले क्षत-विक्षत भएको कारणले युवकको पहिचान खोलाउन सकिरहेको छैन। पुलिसको मान्यता छ, अनुहारलाई कुनै भारी वस्तुले कुच्चाएको हुनसक्छ ताकि पहिचानलाई लुकाउन सकियोस्।
स्थानीय मानिसहरूले बताए, मृतक यस क्षेत्रका निवासी होइन। हाल पुलिसले हत्याको मामिला मानेर जाँचमा जुटेको छ अनि मृतकको पहिचान खोलाउने चेष्टा गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा