बँदेलको हमलामा वृद्धको मृत्यु
बँदेलको हमलामा वृद्धको मृत्यु


कुचबिहार, 08 अक्टोबर (हि.स.)। बँदेल (जंगली सुँगुर)-को हमलामा बेपत्ता भएको एकजना वृद्धको मृत्यु भएको छ। घटना जिल्लाको घोक्साडांगा क्षेत्रमा भएको हो। मृतकको नाम काशीकान्त बर्मन (66) हो।

स्थानीय मानिसहरू अनुसार काशीकान्त गए मंगलवार साँझ गाईहरू खोज्न निक्लेका थिए। तबदेखि नै उनी बेपत्ता भएका थिए। बुधवार उनकी छोरी अनिमा बर्मनले उनको शव घरदेखि केही टाड़ा जंगलमा लड़िरहेको देखिन्। खबर पाउनसाथ वन विभाग र पञ्चायत समितिका सदस्य घटनास्थलमा पुगे। अनुमान व्यक्त गरिएको छ, उनको मृत्यु बँदेलको हमलामा भएको हुनसक्छ।

माथाभांगा रेञ्जर सुदीप दासले बताए, नियमित गस्तीको अनि जागरूकता अभियान संचालन गरिँदैछ। सरकारी नियमानुसार आवेदनको आधारमा सहायता प्रदान गरिनेछ। क्षेत्रमा गस्ती जारी छ। वन विभागले जंगली जनावरहरूलाई फर्काउनको लागि काम गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande