ट्र्याकबाट तल झऱ्यो मालगाड़ी, ट्रेन सेवा बाधित
ट्र्याकबाट तल झऱ्यो मालगाड़ी, ट्रेन सेवा बाधित


कोलकाता, 8 अक्टोबर (हि.स.)। बुधवार बिहान सियालदह–बजबज रेलखण्डमा एउटा मालगाड़ीको कोच ट्र्याकदेखि तल झरेको कारणले अप र डाउन दुवै लाइनमा ट्रेन सेवा केही घण्टासम्म प्रभावित भयो। यो दुर्घटना बजबज स्टेशनदेखि केही टाड़ा 14 नम्बर रेलवे गेट नजिक भएको हो।

घटनापछि रेल अधिकारीहरूको टीमले तत्कालै घटनास्थलमा पुगेर राहत कार्य शुरू गऱ्यो। क्रेनको सहयोगले ट्र्याकबाट झरेको कोचलाई हटाउने प्रयास जारी छ। यसबीच रेल प्रशासनले बतायो, सेवाहरूलाई चाँड़ै बहाल गर्ने प्रयास गरिँदैछ।

रेलवे सूत्र अनुसार यस घटनाको कारणले लोकल ट्रेनहरूको संचालन पूर्ण रूपले प्रभावित भएको छ। अप र डाउन दुवै दिशाका सबै ट्रेनहरू लगभग एक घण्टा विलम्ब गरी चलिरहेका छन्। केही ट्रेनहरूलाई आकड़ा, नुंगी औ सन्तोषपुर स्टेशनदेखि सियालदह तर्फ पठाइँदैछ ताकि भीड़लाई नियन्त्रण गर्न सकियोस्।

घटना यस्तो समयमा भएको छ जतिबेला अधिकांश यात्रीहरू आ-आफ्नो कार्यालय जानको लागि प्रस्थान भइरहेका थिए। बिहानको व्यस्त समयमा सेवा बाधित हुनाले हजारौं नित्य यात्रीहरूलाई विभिन्न समस्याको सामना गर्न परिरहेको छ। केही यात्रीहरूले बताए, प्लेटफर्ममा भागदौड़को माहोल छ। वैकल्पिक व्यवस्थाको अभावमा उनीहरूलाई बस वा अन्य साधनहरूको सहारा लिन पऱ्यो।

रेलवेको पक्षबाट भनिएको छ, मरम्मत कार्य पूरा भएपछि चाँड़ै नै ट्रेनहरूको आवागमनलाई सामान्य बनाइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande