खड़गपुर, (पश्चिम मेदिनीपुर), 8 अक्टोबर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको खड़गपुर-बालेश्वर 16 नम्बर राष्ट्रिय सड़कमा नारायणगढ़को हण्डला राजगढ़ क्षेत्रमा एउटा लरी दुर्घटनाको शिकार भयो। उड़िसादेखि खड़गपुर तर्फ गइरहेको लरी ब्रिजमा पुगेपछि नियन्त्रण गुमाएर ब्रिजको सिमेन्टेड रेलिंगलाई भत्काउँदै खेतमा पुगेर पल्टियो।
स्थानीय मानिसहरूले कड़ा परिश्रम गरेर चालकलाई बाहिर निकाले। चालकलाई गम्भीर घाइते अवस्थामा हतार-हतार अस्पतालमा पुऱ्याइयो।
नारायणगढ़ थानाको पुलिसले घटनाको सूचना पाउनसाथ घटनास्थलमा पुगेर बाटोमा थुप्रिएको भीड़लाई हटाएर आवागमनलाई सुचारू बनायो। पुलिसले दुर्घटनाको कारण पत्तो लगाउन जाँच गरिरहेको छ। पुलिसले मानिसहरूसित अनुरोध गरेको छ, यस सड़कमा वाहन हाँक्दा विशेष होशियारी अप्नाइयोस्।
-
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा