मुम्बई, 8 अक्टोबर (हि.स.)। पालघर जिल्लाको मनोर ग्रामीण अस्पतालमा प्रसवपछि उपचारमा भएको लापरवाहीको कारणले 22 वर्षीय प्रीति जाधवको मृत्यु भयो। प्रसव अवधि शुरू भएको रक्तश्रावलाई रोक्ने सुविधा नभएको कारणले तिनलाई सिलवासा सरकारी अस्पतालमा पठाइयो जहाँ उपचारको क्रममा तिनको मृत्यु भयो। एम्बुलेन्स र 108 सेवा उपलब्ध नभएको कारणले उपचारमा विलम्ब भयो। मृतकाका पति राहुल जाधवले डाक्टरहरूमाथि लापरवाही गरेको आरोप लगाउँदै कारबाही गर्ने माग गरेका छन्।
यस प्रकरणमा विधायक विलास तरेले स्वास्थ्य मन्त्री प्रकाश आबिटकरसित भेट गरी जिम्मेवार डाक्टर तथा कर्मचारीहरूमाथि कठोर कारबाही गर्ने माग गरेका छन्। उनले भने, मनोर ग्रामीण अस्पतालमा आवश्यक सुविधा, अक्सीजन तथा एम्बुलेन्सको ठूलो अभाव छ जसले गर्दा यो “मृत्युको केन्द्र” बन्न पुगेको छ। उनले मृतकाको परिवारलाई सहायता अनि ट्रमा केर सेन्टर शुरू गर्ने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा