भुवनेश्वर, 8 अक्टोबर (हि.स.)। वरिष्ठ अधिवक्ता पितवास पाण्डाको निर्मम हत्याको विरोधमा ओडिशाभरिका वकिलहरू बुधवार राज्यव्यापी पेन डाउन हड़तालमा गएका छन्। यो निर्णय ओडिशा राज्य बार काउन्सिलको आपत बैठकमा लिइएको हो जसमा यस जघन्य हत्याको कड़ा निन्दा गर्दै यसलाई “अत्यन्त निन्दनीय र दुःखदायी घटना” बताइयो।
बैठक पश्चात जारी प्रेस विज्ञप्तिमा काउन्सिलले घोषणा गऱ्यो, राज्यभरिका सबै वकिलहरूले काम गर्ने छैनन्। साथै काउन्सिलले हत्याकाण्डमा सामेल आरोपीहरूलाई पक्राउ गर्नको लागि 48 घण्टाको समय-सीमा तय गऱ्यो।
काउन्सिलले मृतक अधिवक्ताका परिवारलाई 01 करोड़ रुपियाँ क्षतिपूर्ति दिने अनि मामिलाको जाँचको लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने माग गऱ्यो जसले तीन महिनाभित्रमा आफ्नो रिपोर्ट प्रस्तुत गरोस्।
घटनालाई “दु:खदायी र चिन्ताजनक” बताउँदै काउन्सिलले राज्यमा वकिलहरूको सुरक्षालाई लिएर गम्भीर चिन्ता व्यक्त गऱ्यो साथै सरकारसित एडभोकेट्स प्रोटेक्शन एक्टका प्रावधानहरूलाई लागू गर्ने अनि अधिवक्ताहरूको पर्याप्त सुरक्षा सुनिश्चित गर्ने अपील गऱ्यो।
काउन्सिलद्वारा पारित औपचारिक प्रस्तावलाई राज्यपाल, मुख्यमन्त्री, ओडिशा उच्च न्यायालयका मुख्य न्यायाधीश, विधि मन्त्री, एडभोकेट जनरल तथा बार काउन्सिल अफ इण्डियाका चेयरम्यानलाई पठाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा