नागराकाटा हमलामाथि सुकान्त मजुमदारले भने, यदि पुलिस कारबाही गर्दैन भने भाजपाले आफ्नै ढंगमा ट्रिटमेन्ट गर्नेछ
नागराकाटा हमलामाथि सुकान्त मजुमदारले भने, यदि पुलिस कारबाही गर्दैन भने भाजपाले आफ्नै ढंगमा ट्रिटमेन्ट गर्नेछ


सिलगढ़ी, 8 अक्टोबर (हि.स)। मालदा उत्तरबाट भाजपा सांसद खगेन मुर्मू औ सिलगढ़ीबाट विधायक शंकर घोषमाथि नागराकाटामा बाढ़ी पीड़ितहरूसित भेट गर्ने क्रममा भएको हमलालाई लिएर बालुरघाटबाट सांसद तथा केन्द्रिय मन्त्री सुकान्त मजुमदारले सत्तासिन तृणमूल कंग्रेस पार्टी तथा मुख्यमन्त्री ममता ब्यनर्जीलाई लक्षित गरेका छन्। बुधवार उनी सिलगढ़ीको एक निजी अस्पतालमा उपाचाराधिन खगेन र शंकरसित भेट गर्न पुगे। यहाँ उनीहरूसित बातचित गर्दै उनले उनीहरूको स्वास्थ्य स्थितिबारे जानकारी लिए। त्यसपछि पत्रकारहरूसित बातचित गर्दै सुकान्त मजुमदारले चेताउनी दिए, यदि पुलिसले हमलाका आरोपीहरूविरूद्ध कारबाही गर्दैन भने भाजपाले उनीहरूसित आफ्नै ढंगमा ट्रिटमेन्ट गर्नेछ।

सुकान्तले भने, 'खगेन मुर्मूको अनुहारको हड्डी भाँचिएको छ। धेरै रगत बगेको छ। उनीमाथि राजनीतिक हमला गरियो। शंकर घोषसित कुरा गर्दा थाहा लाग्यो कि उनीमाथि हमला गर्ने मानिसहरूले आफूलाई सार्वजनिक रूपमा दिदीको सिपाही बताए अनि यो पनि भने, भाजपा यहाँ किन आएको? के यो पाकिस्तान हो जहाँ भाजपा जान सक्दैन?

सुकान्तले अझ भने, हामी स्पष्ट पार्न चाहन्छौं कि यदि पुलिसले सांसद अनि विधायकमाथि भएको हमलामा सामेल आरोपीहरू जसको नाम अनि तस्वीर सामु आएको छ,-माथि कारबाही गर्दैन भने भाजपाले तिनीहरूसित भाजपाको जस्तै व्यवहार गर्नेछ।

उनले भने, खगेन मुर्मू, शंकर घोष र बापी गोस्वामी त्यहाँ बाढ़ी पीड़ितहरूसित भेट गर्न गएका थिए जसमाथि हमला भयो। ममता ब्यनर्जीले यहाँ आएर ड्रामा गरिरहेकी छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande