द्रूत गतिको कार ट्रकभित्र पस्यो, तीनजना युवकको घटनास्थलमै मृत्यु, दुईजना घाइते
द्रूत गतिको कार ट्रकभित्र पस्यो, तीनजना युवकको घटनास्थलमै मृत्यु, दुईजना घाइते


श्रीगंगानगर, 8 अक्टोबर (हि.स.)। जिल्लाको जैतसर थाना क्षेत्रमा बुधवार बिहान भएको एक पीड़ादायी सड़क दुर्घटनामा तीनजना युवकहरूको घटनास्थलमै मृत्यु भयो भने दुईजना गम्भीर रूपमा घाइते भए। दुर्घटना सूरतगढ़-अनूपगढ़ स्टेट हाइवे-94 मा गाउँ पाँच जीबी पुल नजिक भएको हो जतिबेला एउटा द्रूत गतिको अर्टिगा ट्याक्सी कार अगाड़ि गुड़िरहेको ट्रकको पछाड़ि पस्यो।

यस भयानक घटनामा कार पूर्ण रूपले क्षतिग्रस्त भएको छ। कारमा सवार पाँचजना युवकहरू अनूपगढ़देखि सूरतगढ़ तर्फ गइरहेका थिए। गति अत्यन्त तीव्र भएको कारणले कार ट्रकसित ठोक्कियो जसबाट कारको अघिल्लो भाग पूर्ण रूपले चकनाचुर भयो। घटनामा तीनजना युवकहरूको घटनास्थलमै मृत्यु भयो भने दुईजना गम्भीर रूपमा घाइते भए। घटनापछि कारभित्र फसेका तीनजना युवकहरूको शवलाई कारलाई काटेर बाहिर निकाल्न परेको थियो। घाइतेहरूलाई श्रीगंगानगर जिल्ला अस्पतालमा भर्ती गरिएको छ जसको अवस्था गम्भीर रहेको बताइएको छ।

घटनाको सूचना पाउनसाथ जैतसर थाना पुलिस घटनास्थलमा पुग्यो अनि दुवै वाहनलाई सड़कबाट हटाएर हाइवेमा यातायात बहाल गरायो। पुलिसले बतायो, ट्रक अनूपगढ़देखि सूरतगढ़ तर्फ गइरहेको थियो, यसै अवधि द्रूत गतिको कारले ट्रकलाई ठक्कर दियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande