हावड़ा, 08 अक्टोबर (हि.स.)। जिल्लाको मुम्बई रोडमा बागनान थाना अन्तर्गत ईश्वरीपुर गाउँ नजिकै बुधवार बिहान भएको सड़क दुर्घटनामा दुईजना महिलाहरूको मृत्यु भयो। यो दुर्घटना त्यसबेला भएको हो जतिबेला दुवै महिला बिमार आफन्तलाई अस्पतालमा हेरेर घर फर्किरहेका थिए।
मृत महिलाहरूको पहिचान मौना मण्डल र मीना मण्डलको रूपमा भएको छ।
परिवारले बताए अनुसार बुधवार बिहान दुवै महिला ईश्वरीपुर नजिक मुम्बई रोड किनारदेखि पैदल हिँड़ेर देउलटी बजार तर्फ गइरहेका थिए। यसै अवधि पछिबाट द्रूत गतिमा आइरहेको एउटा डम्परले उनीहरूलाई ठक्कर दियो। ठक्कर लागेपछि दुवै महिला सड़कमा लड़े अनि डम्पर उनीहरूलाई कुल्चिँदै अगाड़ि बढ़्यो। दुवैको घटनास्थलमै मृत्यु भयो।
घटना घटेको तुरून्तैपछि स्थानीय मानिसहरू ठूलो संख्यामा घटनास्थलमा भेला भए। आक्रोशित ग्रामीणहरूले राष्ट्रिय राजमार्गमा शवलाई राखेर सड़कलाई नै अवरूद्ध गरिदिए। उनीहरूले आरोप लगाए, प्रशासनको लापरवाहीले हिजोआज यस क्षेत्रमा दुर्घटनाहरू भइरहेका छन्।
सूचना पाएर बागनान थानाबाट पुलिसको ठूलो टीम घटनास्थलमा पुग्यो। पुलिसले शवलाई हटाउने प्रयास गर्दा स्थानीय मानिसहरूले रोके। पछि थाना प्रभारी अभिजीत दास र स्थानीय तृणमूल नेता अक्षय मण्डलले घटनास्थलमा पुगेर प्रदर्शनकारीहरूसित बातचित गरी उनीहरूलाई शान्त बनाए। लगभग आधा घण्टापछि सड़क जामलाई हटाइयो।
गाउँका मानिसहरूले राष्ट्रिय राजमार्ग प्राधिकरणसित माग गरेका छन्, चाँड़ै सर्भिस रोडको निर्माण गराइयोस् ताकि भविष्यमा यस्तो दुर्घटनाहरूमाथि लगाम कसियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा