सी फारम बिना विदेशी महिलाहरूलाई राखेको आरोपमा स्पा संचालक पक्राउ
सी फारम बिना विदेशी महिलाहरूलाई राखेको आरोपमा स्पा संचालक पक्राउ


जोधपुर, 08 अक्टोबर (हि.स.)। शास्त्रीनगर पुलिसले विदेशी नागरिक अधिनियम 1946 अन्तर्गत कारबाही गर्दै सी फारम बिना विदेशी महिलाहरूलाई राख्ने एक स्पा संचालकलाई पक्राउ गरेको छ।

थानाधिकारी जुल्फिकार अलीले बताए, 01 अक्टोबरमा मेडिकल कलेज सामू एशियन सांगा स्पा सेन्टरमा छापा मारिएको थियो। छापामारीमा त्यहाँबाट तीन विदेशी युवतीहरू पनि भेटाइए तर विदेशी महिलाहरूको जोधपुर प्रवासको सूचना न त विदेशी महिलाहरूले दिए न त स्पा संचालकले।

पुलिसले आरोपी एशियन सांगा स्पा सेन्टरका संचालक वार्ड संख्या 42, सिविल एयरपोर्ट रोड, पाबूपुरा निवासी जयकिशन उर्फ सोनू नायक पुत्र जगदीश नायक विरूद्ध विदेशी नागरिक अधिनियम 1946 अन्तर्गत एफआइआर दर्ता गरेको थियो। पुलिसले जाँचपछि अब आरोपीलाई पक्राउ गरेको छ।

पुलिसले स्पष्ट गरेको छ, कुनैपनि होटल वा स्पा सेन्टरमा विदेशी नागरिकहरू सी फारम बिना पाइयो भने संचालकहरू विरूद्ध कठोर कानूनी कारबाही गरिनेछ। भविष्यमा पनि अवैध गतिविधिहरूमा लिप्त स्पा सेन्टरहरू र होटलहरूमाथि निरन्तर संघन जाँच र कारबाही जारी रहनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande