इसाई मिडियाकर्मीहरुलाई लिएर दुई दिवसीय तालिमको आयोजना गरिने
इसाई मिडियाकर्मीहरुलाई लिएर दुई दिवसीय तालिमको आयोजना गरिने


खरसाङ, 08 अक्टोबर (हि.स.)। भारतीय इसाई सञ्चारकर्मीहरुकाे साझा मञ्च सञ्चारका मित्रहरू काे सभा सम्पन्न भएको छ।‌ उक्त सभाले आगामी 19 अनि 20 जनवारी, 2026 मा दुई दिनकाे डिजिटल पत्रकारिताकाे तालिम आयाेजना गर्ने निर्णय गरिएको जानकारी प्राप्त भएको छ।

यस दुई दिनकाे तालिममा संस्थाकै सक्रिय र अनुभवी सञ्चारकर्मीहरु पास्टर बिजय सुब्बा, पास्टर महेन्द्र सेवा, माेजेस सन्यासी, पत्रकार हनाेक थापा आदिलाई श्राेत व्यक्तिको रुपमा चयन गरिएका छन्। उक्त दुई दिवसीय तालिमका विषयहरुमा कन्टेन्ट राइटिङ अनि स्टाेरी टेलिङ, भिडियो सूटिङ र एडिटिङ, डिजिटल मिडियालाई कसरी इसाई मण्डलीहरुमा प्रयोग गर्नु अनि कानुनी पक्षहरु साथै रिपोर्ट राइटिङ विषयमा दुई दिवसीय रुपमा तालिम दिइने भएको छ।

सभामा एल्डर राजू राई, पास्टर बिजय सुब्बा, पास्टर रमेश लामा, .पास्टर महेन्द्र सेेवा, पास्टर पिटर थापा, सेवक माेजेस सन्यासी र पास्टर निमा लेप्चा उपस्थित रहेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande