गान्तोक, 08 अक्टोबर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज नयॉं दिल्लीमा भारतका नव नियुक्त उपराष्ट्रपति सीपी राधाकृष्णनसॅंग शिष्टाचार भेट गरे। यस अवसरमा राज्यपालले सिक्किमका जनताको तर्फबाट उपराष्ट्रपति राधाकष्णनलाई पदभार ग्रहणको लागि हार्दिक बधाई एवं शुभकामना दिए।
राजभवन अनुसार, यस भेटको क्रममा उपराष्ट्रपति र राज्यपालबीच राज्यको समग्र विकाससॅंग सम्बन्धित विविध विषयहरूमाथि विचार-विमर्श भयो। राज्यपालले सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको उपलक्ष्यमा उपराष्ट्रपतिलाई विशेष स्मृति चिह्न भेट स्वरूप प्रदान गरे।
हिन्दुस्थान समाचार / बिशाल