खरसाङमा‌ मिरिक र अन्य क्षेत्रको पैह्रोमा ज्यान गुमाउनेहरुका लागि श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
खरसाङमा‌ मिरिक र अन्य क्षेत्रको पैह्रोमा ज्यान गुमाउनेहरुका लागि श्रद्धाञ्जली कार्यक्रम सम्पन्न


खरसाङ, 08 अक्टोबर (हि.स.)। खरसाङको वार्ड नम्बर 7 मा गत 4 र 5 अक्टोबर मिरिक अनि अन्य क्षेत्रमा पैह्रोमा परेर ज्यान गुमाउने परिवारहरुका लागि श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ‌। विशेष वार्ड नम्बर 7 सुबेदार बस्ती निवासी दिपबहादुर छेत्री, भवानी छेत्री र 12 वर्षीय नानी दिपिका छेत्री दशैंमा टीका लगाउनु मानेभञ्ज्याङ गएका थिए। 4 अक्टोबरको रातिको पानीले गएको पैह्रोमा सर्वपरिवारले ज्यान गुमाएका छन्।

मोहन गुरुङले सञ्चालन गरेको शोक सभामा 2 मिनटकाे मौन धारण गरियो। मृतक परिवारबारे अमृत छेत्रीले जानकारी गराए अनि सबैले खर्दार्पण गरेपछि वार्ड नम्बर 7 को साई समितिले लोवर शेर्पा बस्तीबाट साई भजन गरियो। सबैले मैनबत्ति बालेर शोक प्रकट गरे। कार्यक्रममा सभासद श्याम शेर्पा पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande