रंगबुल धोत्रे रंगमुक समष्टिको चन्द्रमान धुरामा 28 जना पैह्रो पीडित परिवारहरुको निम्ति कम्युनिटी किचन शुरु
रंगबुल धोत्रे रंगमुक समष्टिको चन्द्रमान धुरामा 28 जना पैह्रो पीडित परिवारहरुको निम्ति कम्युनिटी किचन शुरु


सोनादा, 08 अक्टोबर (हि.स.)। रंगबुल धोत्रे रंगमुक समष्टि अन्तर्गत चन्द्रमान धुरामा 28 जना पैह्रो पीडित परिवारहरुको निम्ति कम्युनिटी किचन शुरु गरिएको छ। गत 4 अक्टोबरको अविरल वर्षाले चन्द्रमानधुरामा एक घर पुर्ण रुपले क्षतिग्रस्त बनेको छ भने अन्य परिवारहरु रहेको गाउँ नै बस्न लाइकको नरहेको बताइएको छ।‌

आज क्षेत्रीय सभासद राजेस चौहान, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका कार्यकारी निर्देशक साम्देन डुक्पा, जोरबंगलो सुकेपोखरी खण्डका जोइन्ट बीडीओ ए दत्त ब्यानर्जी लगायत लोवर सोनादा दुईको पञ्चायत प्रधान, उप प्रधान अनि पञ्चायत सदस्यहरु राहत शिविरमा पुगेका थिए।

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अनि जिल्ला प्रशासनको पक्षबाट राहत शिविरमा सामुहिक भान्सा घरमा चहिने सामग्रीहरु प्रदान गरियो। आज उक्त राहत शिविरमा जोरबंगलो सुकेपोखरी खण्ड स्वास्थ्य केन्द्रका बीएमओएसको नेतृत्वमा आएको स्वास्थ्य टोलीले राहत शिविरमा रहेकाहरुको स्वास्थ्य परीक्षण पनि गरेका छन्। उक्त टोलीले पैह्रोग्रस्त क्षेत्रको पनि भ्रमण गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande