गान्तोक, 08 अक्टोबर (हि.स.)। सिक्किम एथलेटिक एसोसिएशनले आगामी 40औं जुनियर नेशनल एथलेटिक्स च्याम्पियनशिपमा भाग लिनका लागि चार सदस्यीय टोली पठाएको छ। च्याम्पियनशिप आगामी 10 देखि 14 अक्टोबर, 2025 सम्म ओडिशाको भुवनेश्वरमा हुनेछ।
एसोसिएशन अनुसार, राज्य टोलीमा एएफआई टीएसआर चयनित अन्डर 18, अन्डर 20 केटा र केटी खेलाडीहरू सामेल छन्। उक्त च्याम्पियनशिप एथलेटिक फेडरेशन अफ् इण्डियाद्वारा आयोजित वार्षिक कार्यक्रम हो। राज्य टोलीको अगुवाई प्रबन्धक एवं प्रशिक्षक चन्द्रमाया दासले गरिरहेकी छन्।
सिक्किम एथलेटिक एसोसिएशनले सबै खेलाडीहरूलाई च्याम्पियनशिपको लागि बधाई एवं सुरक्षित यात्राको लागि शुभकामना व्यक्त गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल