नयाँ दिल्ली, 8 अक्टोबर (हि.स.)। आज लोकतान्त्रिक संस्थाहरूमाथि दबाव बढ़िरहेको छ जसबाट देशमा एउटा नया प्रकारको तानाशाहीको खतरा मड़ारिरहेको छ। सो मन्तव्य आम आदमी पार्टीका (आआप)-का वरिष्ठ नेता गोपाल रायले व्यक्त गरेका हुन्। उनले कन्स्टिट्यूशन क्लब अफ इण्डियामा बुधवार जयप्रकाश नारायणको पुण्यतिथिमा आयोजित सम्पूर्ण क्रान्ति राष्ट्रि विमर्श कार्यक्रमलाई सम्बोधन गरिरहेका थिए। वर्तमान स्थितिमाथि चिन्ता व्यक्त गर्दै उनले देशवासीहरूसित लोकतन्त्रको रक्षा गर्नको लागि एकजुट हुने अपील गरे।
गोपाल रायले भने, 50 वर्षपूर्व जयप्रकाश नारायणले सत्ताको तानाशाहीविरूद्ध क्रान्ति गर्ने आह्वान गरेका थिए। उनको नेतृत्वमा विद्यार्थी-युवा आन्दोलनले तानाशाङी सरकारलाई उखालेर फालेको थियो अनि देशमा लोकतन्त्रको स्थापना गरेको थियो।
जयप्रकाश नारायणको विरासतको उल्लेख गर्दै रायले बल दिए, वर्तमान चुनौतीसित सामना गर्नको लागि उनको संघर्षबाट प्रेरणा लिन आवश्यक छ। उनले भने, जयप्रकाश नारायणका विचारहरूलाई अप्नाएर लोकतन्त्रलाई सशक्त बनाउनुपर्छ अनि तानाशाही शक्तिहरूविरूद्ध एकजुट हुनुपर्छ। उनले लोकतन्त्रलाई बचाउनको लागि सामूहिक प्रयासहरूको आवश्यकतामाथि बल दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा