
हुगली, 10 नोभेम्बर (हि. स.)। पश्चिम बंगालमा भइरहेको एसआईआरबीच हुगली जिल्लाको धनियाखालीमा एक हृदय विदारक घटना घटेको प्रकाशमा आएको छ। यहाँ ए कजना महिलाले आफ्नी 6 वर्षीय छोरीलाई विष खुवाएर आफूले आत्महत्या गर्ने प्रयास गरिन्। दुवैलाई गम्भीर अवस्थामा कोलकाताको एसएसकेएम अस्पतालमा भर्ती गरिएको थियो। सोमवार उपचारको क्रममा महिलाको मृत्यु भयो भने बालिकाको अवस्था स्थिर रहेको बताइएको छ।
मृत महिलाको पहिचान आशा सोरेनको रूपमा भएको छ जो धनियाखाली थाना अन्तर्गत सोमसपुर-2 ग्राम पञ्चायतको कानानदी गाउँकी हुन्। परिवारिक सूत्र अनुसार आशाको विवाह लगभग दश वर्ष अगाड़ि हरिपलमा भएको थियो, तर वैवाहिक कलजको कारणले तिनी चार वर्षपूर्व आफ्नो माइत धनियाखाली फर्केकी थिइन् जहाँ तिनी आफ्नी छोरीसित बस्दै आएकी थिइन्।
आफन्तहरूले बताए, परिवारका अन्य सदस्यहरूलाई एन्युमरेशन फारम प्राप्त भएको थियो, तर आशालाई यो फारम दिइएको थिएन। अर्कोतिर तिनको ससुराली पक्षसित कुनै सम्पर्क थिएन। त्यसैले त्यहाँ तिनको नाम छ-छैन थाहा हुन सकेको थिएऩ।
परिवारको दाबी छ, यसै चिन्ताले उसलाई सताइरहेको थियो अनि शनिवार बिहान उसले आफ्नी छोरीलाई विष खुआएर आफूले पनि विष खाइन्। तिनलाई पहिला धनियाखाली ग्रामीण अस्पतालमा भर्ती गरियो जहाँबाट स्थिति गम्भीर भएपछि दुवैलाई कोलकाताको एसएसकेएम अस्पतालमा स्थानान्तरित गरियो। सोमवार त्यहीँ आशाको मृत्यु भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा