दिल्ली विस्फोट पश्चात खड़गपुर रेलवे स्टेशनमा सुरक्षा बढ़ाइयो
दिल्ली विस्फोट पश्चात खड़गपुर रेलवे स्टेशनमा सुरक्षा बढ़ाइयो


खड़गपुर, 11 नोभेम्बर (हि.स.)। दिल्लीमा भएको विस्फोटको घटनापछि सम्पूर्ण देशमा रेलवे सुरक्षा एजेन्सीहरूलाई सतर्क गरिएको छ। यसै क्रममा दक्षिण पूर्व रेलवेले बितेको सोमवार अबेर रातीदेखि नै सतर्कता बढ़ाएको छ। खड़गपुर जंक्शन जुन रेलवेको सबैभन्दा व्यस्त स्टेशनहरूमध्ये एक हो,-मा सुरक्षाको ठोस प्रबन्ध गरिएको छ।

रेलवे सुरक्षा बल (आरपीएफ) र सरकारी रेलवे पुलिस (जीआरपी)- का संयुक्त टीमहरूले स्टेशन परिसरमा गहन खोजी अभियान शुरू गरेको छ। सबै प्रवेशद्वारमा मेटल डिटेक्टर जड़ान गरिएको छ साथै यात्रीहरूको सामानको जाँच गरिँदैछ। स्टेसनको प्लेटफर्म, प्रतीक्षालय, टिकट काउण्टर र पार्सल कार्यालय वरिपरी स्निफर डग स्क्वायडसितै बम निरोधक दललाई तैनाथ गरिएको छ।

रेलवे सूत्र अनुसार स्टेशनमा आउने-जाने यात्रीहरूको गतिविधिमाथि सीसीटीभी क्यामराको माध्यमबाट कड़ा निगरानी राखिँदैछ। रातभरि पेट्रोलिंग जारी रह्यो भने मंगलवार पनि जाँच अभियान दिनभरि चल्नेछ।

आरपीएफ अधिकारीहरूले बताए, दिल्लीको घटना पश्चात सुरक्षालाई लिएर कुनै पनि प्रकारको लापरवाही गरिनेछैन। सबै ट्रेन र प्लेटफर्ममा सुरक्षा कर्मीहरूले सतर्कता अप्नाइरहेका छन्। यात्रीहरूसित अपील गरिएको छ, उनीहरूले कुनै पनि संदिग्ध वस्तु देखे तुरून्तै पुलिसलाई सूचना दिउन्।

रेलवेका एक जना वरिष्ठ अधिकारीले भने, “दक्षिण पूर्व रेलवे गए सोमवार अबेर रातीदेखि नै हाई अलर्टमा छ। खड़गपुर, टाटानगर तथा आद्रा जस्ता स्टेशनहरूमा विशेष सतर्कता अप्नाइँदैछ ताकि कुनै पनि प्रकारको आपत स्थितिको सामना गर्न सकियोस्।”

यात्रीहरूले पनि स्टेशनमा गरिएको सुरक्षा व्यवस्थाको सराहना गर्दै भने, यसबाट उनीहरूलाई यात्रा अवधि अधिक सुरक्षित महसूस भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande