इन्टरलोक्युटर समक्ष पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन माग राख्नलाई आईजीजेएफले गठन गऱ्यो टिम
इन्टरलोक्युटर समक्ष पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन माग राख्नलाई आईजीजेएफले गठन गऱ्यो टिम


दार्जिलिङ, 10 नोभेम्बर (हि.स.)। पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन अलग राज्यको मागलाई एकै स्वरमा इन्टरलोक्युटर समक्ष राख्ने उद्देश्यका साथ इण्डियन गोर्खा जन शक्ति फ्रण्टले टिम गठन गरेको छ। इण्डियन गोर्खा जनशक्ति फ्रण्टको तर्फबाट पूर्व आईपीएस अधिकारी नर्बु छिरिङ, कमल शर्मा, प्रकाश गुरूङ अनि फिन्जो वाङगेल गुरूङ आदिलाई सामेल गराएर टिम तयार गरिएको छ।

आईजीजेएफले पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन अलग राज्यको मागलाई इन्टरलोक्युटर समक्ष संयुक्त रूपमा राख्ने दिशामा काम गर्नेछ। गत 8 नोभेम्बर, 2025 को दिन आईजीजेएफ केन्द्रिय कार्यकारिणीको सभा सम्पन्न भएको थियो र उक्त बैठकमा बंगालदेखि बाहिर र भारतभित्र छुट्टै व्यवस्था मूल माग रहेको स्पष्ट अडान लिएको बताइएको छ।

इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रिय सदस्य एनबी खवासले भने, 'आईजीजेएफको टिमले राजनैतिक पार्टीको नेतृत्वहरूदेखि समाजिक संघ संस्था साथै बुद्धिजीविहरूसंग भेटेर पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन मागको आवाज इन्टरलोक्युटर समक्ष एउटै आवाजमा राख्न पर्छ भन्ने कुरामाथि जोर दिनेछ। हिजो, आइताबार बसेको अल पार्टी मिटिङले छुट्टै राज्य गोर्खाल्याण्डमाथि संयुक्त रूपमा काम गर्ने लिएको प्रस्तावप्रति हामी अति नै खुशी छौं। सबैभन्दा खुशीको कुरा भारतीय जनता पार्टीले हामीलाई कहिले दीर्घकालीन माग, कहिले स्थायी राजनैतिक समाधान आदि जस्ता कुराहरू गरेर अल्मलाउने काम गर्दै थिए, तर हिजो भाजपाले पनि अलग राज्य गोर्खाल्याण्ड गठनको मागमा सक्रिया रूपमा सामेल हुन लिएको प्रस्ताव ऐतिहासिक विषय हो'

उनले अघि भने, 'इण्डियन गोर्खा जनशक्ति फ्रण्टको अडान स्पष्ट छ बंगालदेखि बाहिरा भारतभित्र व्यवस्थामा अडिग रहेको छ।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande