
कोलकाता, 10 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा मतदाता सूची विशेष गहन पुनरीक्षण (एसआईआर) अभियान अवधि गम्भीर अनियमितता र निर्धारित मानदण्डहरूको उल्लंघन भइरहेको आरोपमा चुनाउ आयोगले बूथ स्तरीय अधिकारी (बीएलओ) औ बूथ लेभल एजेन्ट (बीएलए)-माथि ठूलो कारबाही गरेको छ।
मुख्य निर्वाचन अधिकारी (सीईओ) पश्चिम बंगाल कार्यालय औ निर्वाचन आयोगका एकजना अधिकारी अनुसार आयोगले आठजना बीएलएविरूद्ध प्राथमिकी दर्ता गराएको छ जसमाथि आरोप लागेको छ, उनीहरूले एन्यूमरेशन फारम वितरणमा हस्तक्षेप गरे। बीएलओबाट फारम लिएर आफै वितरण गरे।
आयोगले आठजना बीएलोहरूलाई कारण बताऊ नोटिस जारी गरेको छ जसमाथि आयोगका निर्देशहरूलाई उल्लंघन गर्दै घर-घरमा गएर एन्युमरेशन फारम वितरण गर्नको सट्टा कुनै स्थानबाट सामूहिक रूपमा वितरण प्रक्रिया अप्नाएको आरोप लागेको छ।
सूत्रले बतायो, आयोगले गत शुक्रवार नै यस्ता बीएलओहरूलाई अन्तिम चेताउनी दिएको थियो। तथापि यी आठजना बीएलओहरूले त्यसैलाई दोहोऱ्याए। त्यसपछि आयोगले उनीहरूलाई नोटिस जारी गऱ्यो। यी आठजना बीएलओहरू कुचबिहार, उत्तर 24 परगना तथा दक्षिण 24 परगना जिल्लाको रहेका छन्।
आयोगले फेरि एक पटक सबै निर्वाचक पञ्जीकरम अधिकारी (ईआरओ) र सबै सहायग निर्वाचक पञ्जीकरण अधिकारी (एईआरओ)-लाई निर्देश िदिएको छ कि उनीहरूले बीएलओको गतिविधिमाथि कड़ा निगरानी राखुन्। आयोगले बीएलओलई कड़ा चेताउनी पनि दिएको छ, उनीहरूले एन्युमरेशन फारमको जिम्मेवारी कुनै तेस्रो व्यक्ति चाहे आफ्नो परिवारको सदस्य, मित्र वा परिचित नै किन नहोस्,-लाई नसुम्पिउन्। यसो गर्नु सेवा आचार संहिताको गम्भीर उल्लंघन हो।
राज्यमा मतदाता सूची विशेष गहन पुनरीक्षण (एसआईआर) अभियान पछिल्लो मंगलवारदेखि शुरू भएको छ। शनिवार राती 8बजेसम्ममा 5.15 करोड़भन्दा अधिक एन्युमरेशन फारम वितरण गरिसकिएको छ। मुख्य निर्वाचन अधिकारी कार्यालयको सूत्रले बतायो, “वर्तमान प्रगतिलाई मध्यनजर गर्दै आशा गर्न सकिन्छ कि फारम वितरणको प्रक्रिया यसै महिनाको अन्तसम्ममा पूरा हुनेछ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा