एनएसयूआईको ‘वोट चोरी’-को विरोधमा प्रदर्शन, चुनाउ आयोगसित जवाफदेहीको माग
एनएसयूआईको ‘वोट चोरी’-को विरोधमा प्रदर्शन, चुनाउ आयोगसित जवाफदेहीको माग


नयाँ दिल्ली, 10 नोभेम्बर (हि.स.)। भारतीय राष्ट्रिय छात्र संगठन (एनएसयूआई)- का राष्ट्रिय अध्यक्ष वरुण चौधरीको नेतृत्वमा सोमवार ठूलो संख्यामा विद्यार्थीहरूले एनएसयूआई मुख्यालयदेखि चुनाउ आयोग (ईसीआई)-सम्म मार्च गर्दै विरोध प्रदर्शन गरे। यो विरोध प्रदराशन राहुल गान्धीको “एच-फाइल्स”-मा गरिएको खुलासा पश्चात आयोजना गरिएको हो। यसबीच दिल्ली पुलिसले मार्चलाई बाटोमै रोक्यो।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै एनएसयूआईका राष्ट्रिय अध्यक्ष वरुण चौधरीले भने, राहुल गान्धीको एच-फाइल्सले एउटा साँचो कुरा उजागार गरेको छ। लोकसभामा विपक्षका नेता राहुल गान्धीले “भोट चोरी”-सित सम्बन्धित चिन्ताहरूलाई राष्ट्र समक्ष राखेका छन् जसबाट निर्वाचन पारदर्शितामाथि चर्चा शुरू भएको छ। चुनाउ आयोग जो लोकतन्त्रको संरक्षण हुनुपर्ने हो, हरियाणामा भोट चोरीको माध्यम बन्यो। कुनै पनि राज्यमा 25 लाख जाली मतदाताहरू पाइनु एक सुनियोजित षड़यन्त्र हो।

वरुण चौधरीले भने, चुनाउ आयोगका अधिकारीहरूले हरियाणामा मतदान सूचीमा व्यापक धाँधली गरे जसमा 25 लाखभन्दा अधिक नक्कली तथा दोहोऱ्याइएका मतदाताहरूको नाम सामेल गरियो। उनले भने, यस धाँधलीको सोझो प्रभाव हरियाणा विधानसभा चुनाउमा पऱ्यो जहाँ कंग्रेस मात्र 22 हजार मतले पराजित भयो।

उनले भने, भारतका जेन-जेड युवाहरू त्यसबेला हात बाँधेर बस्न सक्दैनन् जतिबेला लोकतन्त्रको रक्षा गर्ने संस्थाहरूले नै सम्झौता गर्छ। उनले भने, यो संघर्ष जारी रहनेछ ताकि हरेक वास्तविक मतको शक्ति कायम रहोस् अनि कुनै पनि नक्कली मतले भविष्य निर्माण नगरोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande