रिटायर्ड ब्याङ्ककर्मीबाट 18.31 लाख रूपियाँको ठगी
रिटायर्ड ब्याङ्ककर्मीबाट 18.31 लाख रूपियाँको ठगी


गौतमबुद्ध नगर, 10 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशमा गौतमबुद्ध नगरको सेक्टर 46 निवासी एक सेवानिवृत्त ब्याङ्क कर्मचारीबाट साइबर अपराधीहरूले 18.31 लाख रूपियाँ ठगे। पीड़ितको छोराको शिकायतमा सेक्टर 39 पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

अपर पुलिस उपायुक्त (साइबर क्राइम) शैव्या गोयलले सोमवार बताइन्, सेक्टर 46 निवासी रजत गोयलले आइतवार अबेर राति थानामा शिकायत दिँदै बताए, उनका पिता वीरेन्द्र कुमार गोयल ब्याङ्कबाट सेवानिवृत्त कर्मचारी हुन्। उनका पितालाई एक व्यक्तिको फोन आय़ो र आफू पेन्शन सम्बन्धित विभागबाट बोलिरहेको बतायो भन्यो कि जीवन प्रमाण पत्र चाहियो, जुन पेन्शनको निम्ति आवश्यक हो। यसमा उनका पिताले युवकको कुरामा विश्वास गरी युवकद्वारा पठाइएको एक एपीके फाइललाई अपलोड गरे। केही बेरपछि उनको फोन ह्याक भयो र साइबर अपराधीले गोपनीय जानकारी लिएर पिताको खाताबाट धेरै पल्टमा 18 लाख 31 हजार रूपियाँ निकाले।

अपर पुलिस उपायुक्तले बताए, रिटायर्ड ब्याङ्ककर्मीबाट साइबर ठगीको मामिला अघि आएको छ। मामिला दर्ता गरी पुलिस र साइबर सेलको टीमहरूले यसमाथि काम गरिरहेको छ, छिट्टै नै मामिलाको खुलासा हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande