केन्द्रिय गृहमन्त्री अमित शाहले भगवान बिरसा मुण्डाको जयन्तीमा श्रद्धाञ्जली दिए
amit shah


नयाँ दिल्ली, 15 नोभेम्बर (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले महान स्वतन्त्रता सेनानी र जनजातीय अस्मिताका प्रतीक भगवान बिरसा मुण्डाको जयन्तीमा श्रद्धाञ्जली अर्पण गरेका छन्।

सामाजिक सञ्जाल एक्स पोस्टमा अमित शाहले भने, 'धरती आबा बिरसा मुण्डाले आदिवासी समाजलाई आफ्नो संस्कृति र अधिकारको रक्षा गर्न प्रेरित गरे र ऐतिहासिक 'उलगुलान आन्दोलन' को नेतृत्व गर्दै ब्रिटिश शासनको विरुद्धमा एकताबद्ध गरे।'

अमित शाहले भने, 'प्रधानमन्त्री नरेन्द्र मोदीले बिरसा मुण्डाको जयन्तीलाई 'जनजातीय गौरव दिवस' को रूपमा मनाउन शुरु गरेर उनको योगदानलाई राष्ट्रिय मान्यता दिएका छन्।'

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande