राष्ट्रपति, उपराष्ट्रपति र लोकसभा अध्यक्षले संसद परिसरमा भगवान बिरसा मुण्डालाई पुष्पाञ्जली अर्पण गरे
राष्ट्रपति, उपराष्ट्रपति र लोकसभा अध्यक्षले संसद परिसरमा भगवान बिरसा मुण्डालाई पुष्पाञ्जली अर्पण गरे


नयाँ दिल्ली, 15 नोभेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति सीपी राधाकृष्णन, लोकसभा अध्यक्ष ओम बिरला, संसदीय मामिला मन्त्री किरण रिजिजु, राज्यसभा उपसभापति हरिवंश, संसद सदस्यहरू, पूर्व संसद सदस्यहरू र अन्य विशिष्ट व्यक्तिहरूले शनिबार संसद परिसरको प्रेरणा स्थलमा भगवान बिरसा मुण्डाको जयन्ती, जनजातीय गौरव दिवसको अवसरमा उनको प्रतिमामा पुष्पाञ्जली अर्पण गरे।

यसअघि राष्ट्रपति मुर्मुले एक्समा एक सन्देशमा लेखिन्, झारखण्ड राज्य स्थापनाको रजत जयन्तीको अवसरमा सबैलाई हार्दिक शुभकामना। भगवान बिरसा मुण्डाको यस भूमिका प्रतिभाशाली र मेहनती मानिसहरूले राज्य र सम्पूर्ण देशको गौरव बढाएका छन्। प्राकृतिक स्रोतसाधनले समृद्ध यो राज्यले देशको विकासमा महत्वपूर्ण योगदान दिइरहेको छ। यहॉंका जनजातीय समुदायका समृद्ध लोककलाहरू घरेलु र अन्तरराष्ट्रिय स्तरमा प्रख्यात छन्। यहॉंका वीर योद्धाहरूले भारत माताको सेवाको अनुपम उदाहरणहरू स्थापित गरेका छन्। झारखण्डले निरन्तर प्रगति गरोस् र यसका सबै बासिन्दाहरूको भविष्य उज्ज्वल रहोस् भन्ने कामना गर्दछु।

उपराष्ट्रपति राधाकृष्णनले एक्समा एक सन्देशमा लेखेका छन्, आज महान आदिवासी स्वतन्त्रता सेनानी, 'धरती आबा' बिरसा मुण्डालाई उहाँको जन्मजयन्तीमा मेरो विनम्र श्रद्धाञ्जली। 'धरती आबा' भगवान बिरसा मुण्डा २५ वर्षको छोटो अवधिको लागि बाँचे, तर उहाँले देशभक्तिको यस्तो आगो बाल्नुभयो जुन आउने पुस्तासम्म, यहॉंसम्म कि आगामी २,५०० वर्षसम्म पनि बलिरहनेछ। यो भन्नु उपयुक्त छ कि मानिसहरू आउन सक्छन्, मानिसहरू जान सक्छन्, तर 'धरती आबा' र अन्य आदिवासी स्वतन्त्रता सेनानीहरूको विरासत सधैंभरि जारी रहनेछ।

लोकसभाका अध्यक्ष ओम बिरलाले एक्स सन्देशमा भने, एक अद्वितीय स्वतन्त्रता सेनानी र आदिवासी अस्मिता र स्वाभिमानको अमर प्रतीक धरती आबा भगवान बिरसा मुण्डालाई उनको १५० औं जन्मजयन्तीमा विनम्र श्रद्धाञ्जली। जनजातीय गौरव दिवसमा देशवासीहरूलाई हार्दिक शुभकामना। सीमित स्रोतसाधनको बाबजुद पनि पानी, वन र भूमि अधिकारको लागि उनको साहसी संघर्ष विदेशी शासन विरुद्धको ज्वलन्त क्रान्तिको रूपमा देखा पर्‍यो र देशभर स्वतन्त्रताको भावना फैलायो। शोषित, वञ्चित र आदिवासी समुदायको आवाज बनेका बिरसा मुण्डाले आफ्नो दृढ संकल्प, बलिदान र असाधारण नेतृत्व मार्फत अनगिन्ती युवाहरूमा राष्ट्रवाद, आत्मसम्मान र न्यायको ज्वाला प्रज्वलित गरे। उनको जीवन राष्ट्रको सामूहिक स्मृतिमा सधैं प्रेरणाको स्रोत रहनेछ, जसले हामीलाई कर्तव्य, सामाजिक न्याय र सांस्कृतिक मर्यादातर्फ अगाडि बढाउँछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande