
पटना, 15 नोभेम्बर (हि.स.)। बिहारको मुजफ्फरपुरमा हिजो राति सर्ट सर्किटका कारण आगलागी हुँदा एकै परिवारका पाँच जना जिउँदै जलेका छन्। अन्य पाँच जना गम्भीर रूपमा जलेका छन् र उनीहरूलाई मेडिकल कलेज लगिएको छ।
डीएसपी पश्चिम सुचित्रा कुमारीले पाँच जनाको मृत्युको पुष्टि गरेकी छिन्। परिवारका सदस्यहरू बाहिर भाग्न सकेनन्। मृतकहरूमा दुई बालबालिका, उनीहरूका आमाबाबु र अर्का एक सदस्य सामेल छन्।
घटनाको जानकारी पाएपछि दमकल र पुलिस घटनास्थलमा पुगेका थिए, तर त्यतिन्जेलसम्म आगोले घरलाई चपेटमा लिइसकेको थियो। स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। घाइतेहरूलाई तुरुन्तै मेडिकल कलेज पठाइयो।
डीएसपी पश्चिमले भने, प्रारम्भिक जॉंचमा सर्ट सर्किटका कारण आगो लागेको देखिएको छ। फोरेन्सिक टोली घटनास्थलमा पुगेर जॉंच शुरू गरेको छ र जॉंचपछि सही कारण स्पष्ट हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी