
श्रीनगर, 15 नोभेम्बर (हि.स.)। श्रीनगरको नौगाम पुलिस थानामा शुक्रबार राति भएको उच्च तीव्रताको विस्फोटमा नायब तहसीलदारसहित 9 जनाको मृत्यु भयो भने २९ जना घाइते भएका छन्। विस्फोट दुर्घटनावश भएको आशंका गरिएको छ।
एक अधिकारीले भने, थानाभित्र जफत गरेर राखिएको विस्फोटक अचानक पड्कियो। विस्फोटक पदार्थहरू सम्भवतः हरियाणाको फरीदाबादबाट नौगाम पुलिस थानामा हालै ल्याइएको अमोनियम नाइट्रेट हुन सक्छ। जम्मू कश्मीर पुलिस र फरीदाबाद पुलिसले डाक्टरहरूको आतङ्की मोड्युलको खुलासा गरेपछि विस्फोटक पदार्थहरू जफत गरिएको थियो।
उनले भने, मृतकहरूमध्ये अधिकांश पुलिसकर्मी र एफएसएल टोलीका सदस्यहरू थिए। मृतकहरूमा एक नायब तहसीलदार र एक स्थानीय दर्जी पनि थिए, जबकि २९ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ।
अधिकारीले भने, केही पूर्ण रूपमा जलेकाले शवहरूको पहिचान भइरहेको छ। विस्फोट यति तीव्र थियो कि पुलिस थानाबाट लगभग १००-२०० मिटर टाड़ाका घरहरूबाट शरीरका अंगहरू बरामद भएका थिए। उनले भने, घाइतेहरूलाई सेनाको ९२ बेस अस्पताल र श्रीनगरको एसकेआईएमएस सौरामा भर्ना गरिएको छ, जबकि केहीलाई स्थानीय निजी अस्पतालमा भर्ना गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी