बेपत्ता रोगीको शव नालामा भेटियो
बेपत्ता रोगीको शव नालामा भेटियो


दक्षिण 24 परगना, 16 नोभेम्बर (हि. स.)। डायमण्ड हार्बर मेडिकल कलेजबाट हराएका एकजना रोगीको शव पाँच दिनपछि एउटा नालामा भेटियो। आइतवार बिहानदेखिकै यस घटनालाई लिएर डायमण्ड हार्बर नगरपालिकाको वार्ड नम्बर-10 मा कोकोहोलो मचिएको छ। स्थानीय सूत्रानुसार मृतकको नाम अर्जेद फकिर थियो जो दक्षिण 24 परगना जिल्लाको मगराहाट थाना क्षेत्रको गोकर्णी गाउँका निवासी थिए।

परिवार अनुसार गत 6 नोभेम्बरको दिन उनको छोराले उनलाई ब्रेन स्ट्रोक भएपछि डायमण्ड हार्बर अस्पतालमा भर्ती गराएको थियो। केही दिन उपचार भएपछि उनको स्वास्थ्यमा सुधार पनि आएको थियो। तर गत 11 नोभेम्बरको बिहान उनको छोरा अस्पतालमा जाँदा उनी बेडमा थिएनन्। छोराले सुरक्षा कर्मीहरूसित सोधे, तर केही पत्तो लागेन। त्यसपछि अस्पताल प्रशासनले रोगी हराएको सूचना डायमण्ड हार्बर थानालाई दियो, तर पनि कुनै थाहा लागेन।

आइतवार बिहान वार्ड नम्बर- 10 मा नाला नजिक मैला फाल्न गएका मानिसहरूले एकजना वृद्धको शवलाई देखेर खैलाबैला गरे। सूचना पाउनसाथ घटनास्थलमा पुगेर पुलिसले जाँच गऱ्यो। जाँचमा थाहा लाग्यो कि यो शव अस्पतालबाट बेपत्ता भएका रोगी अर्जेद फकिरकै हो।

स्थानीय मानिसहरूको भनाइ छ, बितेका दुई दिनदेखिको एकजना वृद्धलाई क्षेत्रमा अचेत अवस्थामा भौंतारिरहेको देखिएको थियो। उनी मानसिक रूपमा अस्थिर थिए, कसैले उनलाई चिन्दैन थिए। आइतवार उनलाई मृत भेटियो।

पुलिसको प्रारम्भिक आशंका छ, दिशा गर्दा उनी नालामा लड़े होलान जसले गर्दा उनको मृत्यु भयो। शवलाई पोस्टमर्टम गर्न पठाएर पुलिस घटनाको जाँचमा जुटेको छ। यो खबर लेखुञ्जेलसम्म अस्पताल प्रबन्धनको पक्षबाट कुनै प्रतिक्रिया आएको थिएऩ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande