लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर-1 खोलियो
लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर-1 खोलियो


नयाँ दिल्ली, 16 नोभेम्बर (हि.स.)। दिल्ली मेट्रो कर्पोरेशनले राजधानीमा बम ब्लास्ट भएपछि बन्द गरिएको लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर-1 लाई सोमवार खोल्यो। यस आशयको जानकारी डीएमआरसीले आफ्नो सोशल मीडिया अकाउन्टमा जारी एक पोस्ट मार्फत दिएको छ।

यसपूर्व गत शनिवार लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर-2 र 3 लाई खोलिएको थियो।

डीएमआरसी मुताविक लाल किल्ला मेट्रोका सबै गेटहरूलाई खोलिएको छ।

उल्लेखनीय छ, गत 10 नोभेम्बरको दिन लाल किल्ला नजिक भएको कार विस्फोटमा 13 जना मानिसरूको मृत्यु भएको थियो भने 20 जनाभन्दा अधिक मानिसहरू घाइते भएका थिए। त्यसपछि सतर्कतास्वरूप लाल किल्ला मेट्रो स्टेशनमा प्रवेश अनि निकासी दुवैतिर बन्द गरिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande