
जम्मू, 16 नोभेम्बर (हि.स.)। उपराज्यपाल मनोज सिन्हाले आइतवार भने, जम्मू-कश्मीर पुलिसले एक अखिल भारतीय आतंकवादी मोड्युलको भण्डाफोर गर्नमा ठूलो सफलता हासिल गरेको छ जसबाट देशभरि नै सुनियोजित हमलाहरूलाई रोक्न सकिन्छ।
यहाँ एक समारोहलाई सम्बोधन गर्दै सिन्हाले भने, हालैमा लाल किल्ला विस्फोटसित सम्बन्धित मोड्युलको जम्मू-कश्मीर पुलिसद्वारा समयमा प्राप्त गुप्त जानकारी अनि समन्वित कारबाहीको कारणले सफलतापूर्वक भण्डाफोर गरियो।
उनले नौगाम पुलिस स्टेशनमा भएको दुर्भाग्यपूर्ण घटनाप्रति गहिरो दुःख व्यक्त गरे जहाँ पक्राउ आतंकवादीबाट जफत गरिएका विस्फोटक सामग्रीहरूको फोरेन्सिक जाँच अवधि आकस्मिक विस्फोट भएको थियो।
अधिकारूहरूको टीमले लाल किल्ला विस्फोटमा सामेल आतंकवादीहरूबाट जफत गरिएका विस्फोटकहरूको नमूना संकलन गरिरहेका थिए। दुःखको कुरा, हामीले जम्मू-कश्मीर पुलिसका बहादुर जवान अनि अधिकारीहरूलाई गुमायौं। शोक सन्तप्त परिवारप्रति आफ्नो हार्दिक संवेदना व्यक्त गर्दछु, उपराज्यपालले भने।
एलजी सिन्हाले बल दिएर भने, विस्फोटमा कुनै आतकवादी पाटो वा बाहिरी हस्तक्षेप थिएन, यो पूर्ण रूपले आकस्मिक थियो। उनले जम्मू-कश्मीर पुलिसको समर्पण अनि पेशागत व्यवहारको प्रशंसा गर्दै भने, उनीहरूको तत्काल कारबाहीले देशभरि नै आतंकवादी हमलालाई रोकेर अनगन्ती मानिसहरूको ज्यान बचाएको छ। उनले अझ भने, अधिकारीहरूले नौगाम घटनाको विस्तृत जाँच शुरू गरेका छन् भने घाइते अनि शहीद परिवारहरूलाई सहायता प्रदान गरिँदैछ।
स्मरण गराइन्छ, गत शुक्रवार राती लगभग 11ः20 बजे नौगाम पुलिस स्टेशनमा एक आकस्मिक विस्फोट भएको थियो जतिबेला एक विशेष दलले सादा पोशाक आतंकवादी मोड्युलको जाँच अवधि जफत गरिएका विस्फोटकहरूबाट नमूना संकलन गरिरहेको थियो। यस घटनामा नौजना मानिसहरूले ज्यान गुमाए जसमा 6 जना पुलिसकर्मी सामेल छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा