
कोलकाता, 16 नोभेम्बर (हि. स.)। पश्चिम बंगालका राज्यपाल सी. वी. आनन्द बोसमाथि तृणमूल कंग्रेसका सांसद कल्याण ब्यनर्जीले गरेका टिप्पणीलाई लिएर राज्यको राजनीति फेरि एकपटक बाफिएको छ। अब राजभवनले यसमाथि कड़ा प्रतिक्रिया व्यक्त गर्दै कल्याणको बयानको जाँच गर्ने माग गरेको छ अनि कानूनी कारबाही गर्ने संकेत दिएको छ।
गत शनिवार राज्यपालले भोटर लिस्टको एसआईआर प्रक्रियालाई समर्थन गरेका थिए। यसको जवाफमा सांसद कल्याण ब्यनर्जीले आरोप लगाउँदै भनेका थिए, पहिला राज्यपाललाई भनियोस् कि उनले भाजपाका अपराधीहरूलाई राजभवनमा शरण दिन बन्द गरुन्। उनले त्यहाँ अपराधीहरूलाई राखिरहेका छन्, उनीहरूलाई बन्दुक र बम दिरहेका छन्, तृणमूल कार्यकर्ताहरूमाथि हमला गर्नको लागि।
उक्त बयानको तुरून्तैपछि राजभवनले यसलाई “गम्भीर औ बेबुनियाद” बताउँदै सार्वजनिक जाँचको माग गऱ्यो।
आइतवार बिजान जारी राजभवनको प्रेस विज्ञप्तिमा भनिएको छ, सांसद, नागरिक समाजका सदस्य तथा पत्रकार मिलेर अधिकतम सय जना इच्छुक व्यक्तिहरूलाई तुरून्तै राजभवनमा प्रवेश गर्ने अनुमति दिइयोस् ताकि उनीहरूले आफै जाँच गर्न सकुन् कि आरोप कतिसम्म सत्य छ। राजभवनले स्पष्ट पाऱ्यो, यदि आरोप झुटो साबित भयो भने सांसद कल्याण ब्यनर्जीले बंगालका मानिसहरूसित माफी माग्नुपर्छ अनि उनीविरूद्ध घृणास्पद बयानबाजी गरेकोमा कानूनी कारबाही पनि गरिनेछ।
राजभवनले यो पनि प्रश्न उठायो, कोलकाता पुलिस जो राजभवनको सुरक्षाको निम्ति जिम्मेवार छ,-को अऩुमतिबाट कथित “हतियार र विस्फोटक” त्यहाँ कसरी पुग्यो? यो जेड प्लस सुरक्षा प्राप्त राज्यपाल र राजभवनका कर्मचारीहरूको लागि गम्भीर खतरा हो।
बयानमा उल्लेख गरिए अनुसार राज्यपालका सुरक्षा अधिकारीहरूले उनलाई सल्लाह दिएका छन् कि जाँच पूरा नहुञ्जेलसम्म राजभवनलाई छोड़ेर उनी अन्यत्र कुनै सुरक्षित स्थानमा जाउन्। तर राज्यपालले यस्तो गर्न अस्वीकार गरेका छन्। उनले भने, म राजभवनमै बस्नेछु चाहि जे नै भए पनि।
राजभवनले संकेत दिएको छ, यो गम्भीर आरोप एकजना लोकसभा सांसदले लगाएका हुन्, त्यसैले सम्पूर्ण मामिलालाई विचारको लागि लोकसभा अध्यक्ष ओम बिड़लालाई पठाइनेछ।
उल्लेखनीय छ, एसआईआर प्रक्रियामाथि राज्यपाल आनन्द बोसले भनेका थिए, यो आवश्यक छ, किनभने यसबाट चुनाउ प्रक्रिया अधिक पारदर्शी हुनेछ। यसबाट मतदाताहरूको विश्वास बढ़्नेछ अनि भविष्यमा निष्पक्ष चुनाउ निश्चित हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा