मरम्मतको लागि आइतवार विद्यासागर सेतु बन्द, आम मानिसहरूलाई भयो व्यापक असुविधा
मरम्मतको लागि आइतवार विद्यासागर सेतु बन्द, आम मानिसहरूलाई भयो व्यापक असुविधा


कोलकाता, 16 नोभेम्बर (हि. स.)। विद्यासागर सेतुलाई मरम्मत कार्यको लागि आइतवार पूर्ण रूपले बन्द राखियो जसको फलस्वरूप आम मानिसहरूलाई विभिन्न समस्याहरूको सामना गर्न परिरहेको छ। आइतवार बिहान 5 बजेदेखि राती 9 बजेसम्म सेतुमा मरम्मत कार्य हुनेछ। यस अवधि सेतुमा सबै प्रकारका वाहनहरूको आवागमनमाथि रोक लगाइएको छ।

सेतु बन्द भएको कारणले कोलकाता पुलिसले यातायातलाई विभिन्न वैकल्पिक मार्ग तर्फ मोड़िदिएको छ। जिराट आइल्याण्डदेखि एजेसी बोस रोड भएर आउने वाहनहरूलाई टर्फ भ्यु रोडदेखि घुमेर सेन्ट जर्जेस गेट रोड अनि हेस्टिंग्स क्रसिंग तर्प पठाइँदैछ। यहाँदेखि वाहनहरूलाई स्ट्र्याण्ड रोड वा खिरिदपुर रोडको बाटो भएर जाने अनुमति रहेको छ।

जे एण्ड एन आइल्याण्ड र खिदिरपुर रोड तर्फ जाने वाहनहरूलाई 11 फर्लांग गेटदेखि मोड़ेर हेस्टिंग्स क्रसिंगतिर लगिँदैछ। यहाँबाट वाहनहरू स्ट्र्याण्ड रोड भएर हावड़ा ब्रिज तर्फ जान सक्नेछन्। यस अतिरिक्त खिदिरपुरदेखि केपी रोड वा सर्कुलर गार्डनरीच रोड भएर आउने वाहनहरूलाई पनि वैकल्पिक मार्ग भएर पठाइँदैछ।

उल्लेखनीय छ, गत अगस्त महिनादेखि लगभग हरेक सप्ताहान्तमा विद्यासागर सेतुमा यातायातलाई नियन्त्रण गरिँदैछ। अन्य दिनहरूमा यस सेतुमाथि वाहनहरूको दबाव अधिक रहन्छ र प्रतिदिन लगभग एक लाख वाहनहरू यहाँबाट गुज्रिन्छन्। त्यसैले प्रशासनले मरम्मत कार्यको लागि सप्तान्तलाई नै चुनेको छ ताकि सप्ताहका अन्य कार्य दिवसहरूमा यातायात प्रभावित नहोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande