
जीन्द, 18 नोभेम्बर (हि.स.)। गाउँ खटकड़
टोल प्लाजामा हरियाणा स्टेट नारकोटिक्स क्राइम ब्यूरोको टीमले कारबाट 27 किलो 570
ग्राम लागू औषद र दुई किलो 705 ग्राम अफीम जफत गरी तस्करलाई पक्राउ गरेको छ। यो
लागू औषद एमपीबाट तस्करी गरी फतेहबाद लगिँदैथियो। उचाना थाना पुलिसले शिकायतको
आधारमा तस्कर विरूद्ध नशालु पदार्थ निरोधक अधिनियम अन्तर्गत मामिला दर्ता गरी
सोधपुछ शुरू गरेको छ।
यूनिटका प्रभारी निरिक्षक वीरेन्द्र
सिंहले मंगलवार जानकारी दिँदै बताए, हरियाणा स्टेट नारकोटिक्स क्राइम ब्यूरो सिरसा
यूनिटले सडकड़ टोल प्लाजामा नजर राखेको थियो। सोही अवधि सूचना पाइयो कि एमपीबाट
नशाको तस्करी गरी नरवाजातिर लगिँदैछ। केही समयपछि पुलिसले जीन्दतिरबाट आइऱहेको
कारलाई रोकिने इशारा गर्दा चालकले कारलाई घुमाएर लैजाने प्रयास गऱ्यो। जसमा
पुलिसकर्मीहरूले कारलाई नियन्त्रणमा लिए। जब कारको डिग्गीको तलाशी लिइयो तब त्यसबाट
27 किलो 570 ग्राम लागू औषद तथा दुई किलो 705 ग्राम अफीम पाइयो। पुलिस सोधपुछमा
कार सवार व्यक्तिको पहिचान ढाणी डूल्ट फतेहबाद निवासी रजनीशको रूपमा गरिएको छ।
उचाना थानाका जाँच अधिकारी राजेशले बताए, पुलिसले टीमका प्रभारी एएसआई गुरलालको शिकायतमा तस्कर रजनीश
विरूद्ध नशीलु पदार्थ निरोधक अधिनियम अन्तर्गत मामिला दर्ता गरी सोधपुछ शुरू गरेको
छ।
हिन्दुस्थान समाचार / भवानी थामी