
कोलकाता, 19 नोभेम्बर (हि.स.)। असदुद्दीन ओवैसीको अल इण्डिया मजलिस-ए-इत्तेहादुल मुस्लिमीन (एआईएमआईएम)-ले आगामी वर्ष 2026- को विधानसभा चुनाउलाई मध्यनजर गर्दै पश्चिम बंगालका दुई वटा अल्पसंख्यक बहुल जिल्ला क्रमैले मालदा र मुर्शिदाबादमा संगठन विस्तार प्रक्रियालाई तीव्रता दिएको छ। पार्टीको विशेष फोकस मालदा जिल्लामाथि छ जहाँ राज्य नेतृत्वले ब्लक अध्यक्ष अनि उपाध्यक्षहरूको नियुक्ति गर्ने घोषणा गरेका छन्। हालैमा सम्पन्न भएको बिहार विधानसभा चुनाउमा पार्टीले बेजोड़ प्रदर्शन गरेको थियो जहाँका अल्पसंख्यक बहुल क्षेत्रहरूमा आरजेडीलाई व्यापक नोक्सान पुऱ्याएको थियो।
एआईएमआईएम मालदाकेा जिस्लाध्यक्ष रिजायुल करिम अनुसार पार्टी नेतृत्वहरू जिल्लाका सबै 12 वटै विधानसभा सीटहरूमा प्रत्याशी दिने कुरालाई लिएर आश्वस्त छन्। उनले भने, पार्टीले आफ्नो चुनाउ अभियानमा राज्यस्तरमा तृणमूल कंग्रेसको भ्रष्टाचारलाई प्रमुख मुद्दाको रूपमा उठाउनेछ भने जिल्ला स्तरमा सामाजिक बुनियादी ढाँजाको खस्किँदो स्थितिलाई मुद्दा बनाउनेछ।
रिजायुल करिमले दाबी गरे, मालदामा पार्टी अन्य दलहरूका भोटरहरूलाई आफ्नो पक्षमा आकर्षित गर्नको लागि सफल हुनेछ। पार्टीका अर्का नेता मुताविक मालदा अतिरिक्त एआईएमआईएमको योजना मालदा संलग्न अल्पसंख्यक बहुल मुर्शिदाबाद जिल्लाका केही सीटहरूमा पनि उम्मेद्वार उतार्ने रहेको छ तथापि त्यहाँ कुन सीटमा चुनाउ लड़्ने हो त्यसलाई लिएर भने फसेला भएको छैन।
अतीतमा तृणमूल कंग्रेसले एआईएमआईएममाथि अल्पसंख्यक भोटहरूलाई विभाजन गरेर भाजपालाई लाभ पुऱ्याएको आरोप लगाएको थियो। तर पश्चिम बंगाल एआईएमआईएमका नेता नबिउल अन्सारीले यसलाई खारेज गर्दै भने, पार्टीले सदैव ती क्षत्रहरूबाट उम्मेद्वारिता गर्छ जहाँ जीत्ने सम्भावना हुन्छ र आगामी वर्ष 2026-को विधानसभा चुनाउमा पनि यही सिद्धान्त लागू हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा