
सोनादा, 19 नोभेम्बर (हि.स.)। टुंग सन्त मेरिज समष्टिकाे मार्गरेट्स होप क्षेत्रबाट 32 जनाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल हुँदै पार्टीको झण्डा थापेका छन्। यस अवसरमा सबै समर्थकहरुलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय महासचिव अमर लामा, नारी शक्तिका केन्द्रिय अध्यक्षा अनु छेत्री, रोहनहाङ सुब्बा लगायत अन्यको बाहुलीबाट झण्डा प्रदान गरेर पार्टीमा स्वागत गरियो।
मार्गरेट्स होप क्षेत्रबाट मिलन हमालको अगुवाईमा टुंग सन्त मेरिज समष्टिकाे सिंगेल चियाबारीसमथित नयाँधुरास्थित सम्पन्न समर्थन कार्यक्रममा 32 जनाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको झण्डा समाएका छन्। यस क्षेत्रबाट 32 जनाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएपछि यस क्षेत्रमा पार्टीको सांगठनिक धरातल बलियो हुने बताइएको छ।
हिन्दुस्थान समाचार / हनोक