पश्चिम बंगालमा ठूलो धनराशि जफतीको तार वित्तीय घोटालासित जोड़्नमा जुट्यो ईडी
पश्चिम बंगालमा ठूलो धनराशि जफतीको तार वित्तीय घोटालासित जोड़्नमा जुट्यो ईडी


कोलकाता, 19 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा हालैमा कारबाट जफत गरिएको 5 करोड़ रुपियाँ नगदको सम्भावित सम्बन्धलाई राज्यको वित्तीय घोटाला मामिलासित जोड़्ने प्रयासमा प्रवर्तन निदेशालय (ईडी) जुटेको छ। विशेष कार्य बलद्वारा पक्राउ गरिएका दुवै आरोपीको पृष्ठभूमिको विस्तृत जाँच गरिँदैछ। केन्द्रीय एजेन्सीले यो पत्तो लगाइरहेको छ कि यी दुई आरोपीको राज्यमा भइरहेको कुनै पनि वित्तीय अनियमितता प्रकरणसित कुनै सम्बन्ध छ।

राज्यमा ईडीले हाल तीन प्रमुख मामिलाहरूको जाँच गरिरहेको छ जसमा नगरपालिका भर्ती घोटाला, अवैध बालुवा खनन औ बार कम रेस्तराँको आड़मा चलिरहेको मानव तस्करीसित जोड़िएको मामिला सामेल छन्। यी मामिलाहरूमा तृणमूल कंग्रेससित जोड़िएका केही प्रभावशाली मानिसहरूमाथि पनि ईडीले नजर राखिरहेको छ।

गए सोमवार न्यूटाउनको आकांक्षा क्रसिंग निकट एउटा कारबाट 5 करोड़ रुपियाँ नगद भेटिएको मामिलामा दुईजना मानिसहरूलाई पक्राउ गरिएको थियो जसमा वाहन मालिक पनि सामेल छ। चुनाउपूर्व यति धेरै रकम भेटिनु तथा राज्यमा चुनाउ आयोगद्वारा संचालित मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर)-बीच यस घटनाले सुरक्षा एजेन्सीहरूको चिन्ता बढ़ाइदिएको छ।

आगामी वर्ष 2026-मा हुने विधानसभा चुनाउलाई मध्यनजर गर्दै चुनाउ आयोगले पहिला नै केन्द्रिय तथा राज्य एजेन्सीहरूलाई अवैध नगदको आवागमनमाथि कड़ा नजर राख्ने निर्देश दिसकेको छ। आयोगले संवेदनशील परिस्थितिमा सबै एजेन्सीहरूलाई समन्वय बढ़ाउने सल्लाह पनि दिएको छ।

पछिल्लो सप्ताह ईडीले तारातला क्षेत्रमा एकजना व्यापारीको आवासबाट ठूलो रकम जफत गरेको थियो। यसै महिनाको शुरूआतमा एजेन्सीले कोलकाताका दश वटा स्थानहरूमा छापामारी गरेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande