
कोलकाता, 19 नोभेम्बर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले बुधवार एक्समा महान संगीत निर्देशक, गीतकार एवं सगीतकार सलिल चौधरीको जन्मशताब्दिको शुभारम्भको अवसरमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिन्।
मुख्यमन्त्रीले आफ्नो पोस्टमा लेखिन्, “किंवदंती संगीत निर्देशक, गीतकार औ सर्जक सलिल चौधरीको जन्मशताब्दिको शुभ शुरुआतमा म उनलाई आफ्नो अन्तर्मनको गहिराइबाटै श्रद्धा अर्पण गर्दछु।”
उनले अझ लेखिन्, “उनले रचेका प्रत्येक गीत, प्रत्येक सुर औ प्रत्येक शब्दले आज पनि हामीभित्र एक नयाँ स्पन्दना जगृत गर्दछ।”
ममता ब्यनर्जीले यो पनि उल्लेख गरिन्, “उनका अमर रचनाहरूलाई सम्मान गर्दै यस वर्षको कोलकाता अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा हामीले उनलाई ससम्मान स्मरण गऱ्यौं।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा