ममता ब्यानर्जीले राज्यमा बीएलओको आत्महत्यालाई लिएर चुनाउ आयोगलाई लक्षित गरिन्
ममता ब्यानर्जीले राज्यमा बीएलओको आत्महत्यालाई लिएर चुनाउ आयोगलाई लक्षित गरिन्


कोलकाता, 19 नोभेम्बर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रिया अवधि कार्य दबाव झेलिरहेकी एकजना महिला बूथ लेभल अधिकारी (बीएलओ)-ले आत्महत्या गरेको मामिलालाई लिएर बुधवार चुनाउ आयोगलाई लक्षित गरिन्।

मुख्यमन्त्रीले सोशल मीडियामा भनिन्, एसआईआर शुरू भएपछि राज्यमा अहिलेसम्ममा 28 जना मानिसहरूको मृत्यु भइसकेको छ। उनी अनुसार केही मानिसहरूले भय अनि अनिश्चितताको कारणले ज्यान गुमाएका छन् भने कतिपयको अत्यधिक तनाउ र दबावको कारणले मृत्यु भएको छ। जलपाईगुड़ी जिल्लाको माल बजारमा अँगनबाड़ी कार्यकर्ता औ बीएलओ शान्ति मणि एक्काले दबावकै कारणले आत्महत्या गरिन्। परिवारको आरोप छ, तिनी घर-घरमा गएर गणना प्रपत्र वितरण गर्ने अनि त्यसलाई भरेर फिर्ता लिने जस्ता निरन्तरको कारणले मानसिक दबावमा थिइन्।

मुख्यमन्त्री ब्यानर्जीले आरोप लगाइन्, चुनाउ आयोगले तीन वर्षमा हुने काम दुई महिनामा पूरा गराउने चेष्टा अन्तर्गत बीएलओमाथि अमानवीय बोझ लादेको छ। उनले आयोगसित ‘अयोजित र अनियोजित अभियान’-लाई तत्काल रोक्ने अपील गरिन्, ताकि अझ हुनसक्ने जनहानीलाई रोक्न सकियोस्।

यसै महिनाको शुरूमा पूर्व बर्दवान जिल्लाको मेमारीमा एकजना महिला बीएलओ नमिता हांसदाको मृत्यु पनि कार्य दबावकै कारणले स्ट्रोक भएर भएको थियो। तिनी पनि घर-घरमा गएर एसआईआरसित सम्बन्धित प्रपत्र वितरण गर्ने अनिजमा गर्ने काममा लागिपरेकी थिइन्।

तृणमूल कंग्रेसले लगातार आरोप लगाइरहेको छ, एसआईआरको घोषणा भएदेखि यता राज्यमा भयको माहोल छ। मानिसहरू मतदाता सूचीबाट आफ्नो नाम हट्ने आशंकाले तनाउमा बाँचिरहेका छन्। पार्टीको दाबी छ, यस स्थितिको लागि चुनाउ आयोग र भारतीय जनता पार्टी (भाजपा) जिम्मेवार छ अर्कोतिर भाजपाको भनाइ छ, तृणमूलले जनतामाझ अनावश्यक डर फैलाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande