स्कुटी र बाइकको भिड़न्तमा एकजनाले गुमाए ज्यान
स्कुटी र बाइकको भिड़न्तमा एकजनाले गुमाए ज्यान


जलपाइगढ़ी, 19 नोभेम्बर (हि.स)। स्कुटी र बाइक आपस्तमा ठोक्किँदा एकजना मानिसको मृत्यु भयो। मृतकको पहिचान नारायण आचार्य (60)-को रूपमा भएको छ। यो घटना गए मंगलवार राती राजगञ्ज ब्लकको आमबाड़ी-साहुडांगी राज्य मार्गमा गोकुलभिटा गाउँमा भएको हो।

स्थानीय सूत्रानुसार नारायणको आमबाड़ीको बिन्नागुड़ी अञ्चल मोड़मा दोकान छ। सदा जस्तै मंगलवार साँझ पनि तिनी दोकानबाट स्कुटीमा घर फर्किरहेका थिए। यसै अवधि घर नजिक पुगेपछि पछाड़िबाट आइरहेको एउटा द्रूत गतिको बाइकले तिनको स्कुटीलाई ठक्कर दियो जसले गर्दा तिनी गम्भीर रूपमा घाइते भए।

घटनापछि हतार-हतार तिनलाई उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा लगियो जहाँ ड्यूटीमा तैनाथ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। उनको मृत्युबाट क्षेत्रमा शोक छाएको छ। भोरेर आलो थानाको पुलिसले दुर्घटनाग्रस्त दुवै वाहनलाई जफत गरी घटनाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande