पुलिसले चतुर चोरलाई समात्यो
पुलिसले चतुर चोरलाई समात्यो


नयाँ दिल्ली, 19 नोभेम्बर (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चले बदरपुर थाना क्षेत्रको घाेषित बदमाश (बीसी) र आदतले नै अपराधी दिलीप उपनाम दीपक उपनाम सोनु उपनाम गाँजा (35)-लाई पक्राउ गरेको छ। आरोपीको कब्जाबाट चोरीको एउटा स्कुटी र 21 वटा मोबाइल फोन जफत गरिएको छ। पुलिसको क्राइम ब्राञ्चका उपायुक्त आदित्य गाैतमले बुधवार बताए, गत 17 नोभेम्बरमा गुप्त सूचनाको आधारमा इन्स्पेक्टर अजीत कुमारको नेतृत्वमा पुलिसको टीमले आरोपीलाई तुगलकाबाद मेट्रो स्टेशन नजिकैबाट पक्राउ गरेको थियो। जाँचबुझमा उसले आफ्नो पहिचान र अपराधी रेकर्डको पुष्टि गऱ्यो। साथै यो कुरा पनि खुलासा भयो, दिलीपविरूद्ध 31 वटा आपराधिक मामिला दर्ता छ जसमा हत्याको प्रयास, लुटपाट, थुत्ने जस्ता गम्भीर आरोपहरू सामेल छन्। आरोपीले यो पनि बतायो, उसले पकेटमारहरूबाट चोरेको मोबाइल खरिद गरेर यसलाई आफ्नो नेटवर्कको माध्यमबाट नेपाल अनि बंगलादेशमा बेच्थ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande