
गुवाहाटी, 19 नोभेम्बर (हि.स.)। असम पर्यटन विभागमा वर्ष 2012–13 अवधि भएको नियुक्ति घोटालाको सिलसिलामा मुख्यमन्त्री भिजिलेन्स टीमले दुईजना आरोपीहरूलाई पक्राउ गरेको छ। आरोपीहरूमा प्राजल बोरा र अनन्या बरठाकुर सामेल छन्।
अधिकारीहरू अनुसार प्रांजल बोरा त्यसबेला नगाउँमा कार्यरत थिए भने अनन्या बरठाकुर दिल्लीमा। यस घोटालामा भ्रष्टाचारको माध्यमबाट सरकारी नोकरी हासिल गरेको आरोप छ। आठजना अधिकारीहरूमाथि लागेको अनियमितता तथा भ्रष्टाचारको आरोपको जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा