
नयाँ दिल्ली, 19 नोभेम्बर (हि.स.)। पुरानो दिल्ली रेलवे स्टेशन नजिक फुटपाथमा बस्ने महिलाको चार महिने बालक अपहरण गरेर लैजाने महिलालाई दिल्ली पुलिसले 18 घण्टाभित्रमा पक्राउ गऱ्यो। उत्तरी जिल्लाको कोतवाली थाना पुलिसको टीमले तकनिकी निगरानी अनि स्थानीय सूचनाको आधारमा गाजियाबादको लोनी देहात क्षेत्रबाट आरोपी आरती (39)-लाई पक्राउ गऱ्यो। उसको कब्जाबाट बालकलाई सुरक्षित उद्धार गरी उसकी आमालाई सुम्पिइएको छ।
उत्तरी जिल्लाका पुलिस उपायुक्त राजा बांठियाले बुधवार बताए, मामिला गत 17 नोभेम्बरको हो। 27 वर्षीय पीड़ित महिलाले सिकायत गरिन्, पछिल्लो केही दिनदेखिको आरती उकहाँ आइरहेकी थिइन्। उसको छोरालाई खेलाउने गर्थिन् अनि नानीको लागि खानेकुरा पनि लिएर आउँथिइन्। लगभग 4–5 दिनअघि आरती उसको चार महिने छोरालाई काखमा बोकेर खेलाउन थालिन् अनि मौका छोपेर नानीलाई लिएर भागिन्। सिकायतकर्ता महिलाको बयानमा पुलिसले मुद्दा दर्ता गरायो।
पुलिस उपायुक्त अनुसार जाँचमा पुलिसले आरोपीको मोबाइल नम्बर जुटायो, जुन बन्द थियो। तकनिकी सर्भिलान्सको माध्यमबाट उसको फोनको अन्तिम लोकेशन लोनी देहातमा भेटियो। इन्स्पेक्टर जतन सिंहको निगरानीमा पुलिस टीमले तुरून्तै घटनास्थलमा पुगेर स्थानीय मानसिहरूसित जाँचबुझ गऱ्यो। त्यसपछि आरोपी आरतीलाई समातियो। शुरुआती जाँचबुझमा आरतीले बताइन्, उसको तीनजना छोरीहरू छन् र लामो समयदेखिको छोराको चाहना थियो। यसैलाई चाहनाले गर्दा उसले फुटपाथमा बस्ने महिलासित मित्रता गरिन् अनि एकदिन मौका छोपेर नानीलाई लिएर भागिन्। पुलिस अनुसार आरोपी दिल्लीको एक आईभीएफ सेन्टरमा काम गर्दछन् भने उसको पति लोनीको एक फ्याक्ट्रीमा श्रमिकको रूपमा कार्यरत छ। हाल पुलिसले मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा