
नदिया, 19 नोभेम्बर (हि.स.)। सीमाबाट छिरेर नोकरी दिलाउने नाममा एकजना दलालले बंगलादेशको दम्पत्तिलाई भारतमा प्रवेश गराएर ठगेको छ। आफ्नो तीन वर्षीय बालकसित भारत आएको दम्पत्तिलाई तहेट्टा थाना अन्तर्गत छिन्नमस्ता मन्दिर क्षेत्रमा घुम्दै गरेको देखियो जसपश्चात स्थानीय मानिसहरूको माध्यमबाट पुलिसलाई सूचना प्राप्त भयो।
पीड़ित दम्पत्ति— रमजान खान र रुमाना खातूनले जाँचबुझमा बताए, बंगलादेशमा आर्थिक संकट भएको कारणले उनीहरू कामको कोजीमा थिए। यसै अवधि एकजना दलालले उनीहरूलाई भारतमा राम्रो नोकरी दिलाउने प्रलोभन देखायो। दम्पत्तिले उसलाई 20 हजार रुपियाँ पनि दिए। आरोप छ, सीमाना पार गराइसकेपछि उनीहरूलाई नदीको किनारमा राखेर दलाल भाग्यो। बंगलादेश फर्किने प्रयासमा उनीहरू तहेट्टा क्षेत्रमा भौंतारिरहेका थिए। स्थिति संदिग्ध देखिएपछि पुलिसले उनीहरूलाई हिरासतमा लियो। दम्पत्तिले स्पष्ट इच्छा व्यक्त गरे, उनीहरू आप्नो देश फर्किन चाहन्छन्।
पुलिसले बतायो, मामिलाको जानकारी बीएसएफलाई दिइएको छ। बीएसएफको माध्यमबाट नियमानुसार प्रक्रिया शुरू गरेर दम्पत्तिलाई स्वदेश फर्काउने चेष्टा जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा