सालोको हत्या मामिलामा फरार भेना पक्राउ
सालोको हत्या मामिलामा फरार भेना पक्राउ


सिलगढ़ी, 19 नोभेम्बर (हि.स.)। हत्याको घटनाको चार महिनापछि अन्ततः पुलिसले मृतकको आरोपी भेनालाई पक्राउ गरेको छ। आरोपी भेनाको नाम मुकेश कुमार रोय हो। पारिवारिक विवादको कारण भेनाले 20 जुलाईमा आफ्नो सालो शिवचरण सिंहको धारिलो हतियारले हत्या गरेर भागेको थियो। यस घटनाले खोरीबाड़ीमा बांग्ला-बिहार सीमामा चक्करमारीमा खैलाबैला मच्चिएको थियो।

आरोपी मुकेश कुमार रोय भागेपछि खोरीबाड़ी थाना पुलिसले उसलाई खोज्नु शुरू गऱ्यो। अन्ततः पुलिसले चार महिनापछि आरोपीलाई उत्तर प्रदेशको वाराणसी क्षेत्रको स्थानीय पुलिसको मद्दतले पक्राउ गऱ्यो। जसपछि आरोपीलाई ट्रान्जिट रिमान्डमा खोरीबाड़ी थाना ल्याइयो। बुधवार आरोपीलाई सिलगढ़ी अदालतमा पेश गरी अग्रिम सोधपुछको निम्ति रिमान्डमा लिइनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande