औद्योगिक प्रतिष्ठानहरूको लागि आवश्यक पर्ने सीपहरूमा दक्ष बनाउन सरकार प्रतिबद्ध: मदन सिन्चुरी
औद्योगिक प्रतिष्ठानहरूको लागि आवश्यक पर्ने सीपहरूमा दक्ष बनाउन सरकार प्रतिबद्ध: मदन सिन्चुरी


नाम्ची, 19 नोभेम्बर (हि.स.)। सिक्किम सरकारको सीप विकास विभाग, नियुक्ति केन्द्रले आज सीसीसीटी चिसोपानीमा राष्ट्रिय प्रशिक्षुता प्रवर्द्धन योजना (एनएपीएस) अन्तर्गत विशेष ध्वजवाहक पहल सम्बन्धी जागरूकता कार्यशाला आयोजना गऱ्यो। कार्यक्रममा सालघारी-जुम निर्वाचन क्षेत्रका विधायक मदन सिन्चुरी मुख्य अतिथि तथा सीप विकास विभागकी अध्यक्ष मिङ्मा ल्हामु शेर्पा र जिल्लापाल अनुपा तामलिङ विशेष अतिथिको रूपमा उपस्थित थिए।

विधायकले आफ्नो सम्बोधनमा राज्यका युवाहरूलाई विभिन्न औद्योगिक प्रतिष्ठानहरूको लागि आवश्यक पर्ने सीपहरूमा दक्ष बनाउन मुख्यमन्त्री प्रेमसिंह तामाङको दृष्टिकोण दोहोर्‍याउॅंदै एनएपीएस योजना अन्तर्गत विशेष पाइलट पहलले युवाहरूलाई औद्योगिक क्षेत्रका अवसरहरूमा उद्यमशील बन्न, रोजगार पाउन मद्दत र समर्थन गर्ने लक्ष्य राखेको बताए।

उनले एक परिवार, एक उद्यमीको दृष्टिकोणको वकालत गर्दै युवाहरूलाई उनीहरूको उद्यमशीलता लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्ने कुरामा केन्द्रित विभिन्न पहल र योजनाहरूबाट लाभ उठाउन आग्रह गरे, जसको लागि राज्य सरकार र सम्बन्धित विभागहरू युवाहरूलाई सहयोग प्रदान गर्न तयार छन्। राज्य सरकारले विभिन्न औद्योगिक प्रशिक्षण संस्थानहरू अन्तर्गत प्रशिक्षार्थीहरूलाई रोजगारीका धेरै अवसरहरू प्रदान गरिरहेको छ, जसमा स्थानीय युवाहरूलाई प्राथमिकता दिइँदैछ र राज्यभित्र रहेका उद्योग र कम्पनीहरूबाट तथ्याङ्क सङ्कलन भइरहेको उनले बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande