हार्डवेयरको दोकानमा लाखौंको चोरीले खैलाबैला
हार्डवेयरको दोकानमा लाखौंको चोरीले खैलाबैला


सिलगढ़ी, 19 नोभेम्बर (हि.स.)। सिलगढ़ीको ईस्टर्न बाईपास स्थित एक हार्डवेयरको दोकानमा लाखौंको चोरीले खैलाबैला मच्चियो। दोकान मालिक शंकर सेन मंगलवार राति दोकान बन्द गरी घर गएका थिए। बुधवार बिहान जब उनले दोकान खोले तब चोरीको पत्तो लाग्यो। दोकानको टीन काँटेर चोरीको घटनालाई परिणाम दिइएको छ। चोरहरूले क्याश काउन्टरबाट नगदी र महंगा मशीनहरू चोरे। दोकान मालिकले लाखौं रूपियाँको चोरीको दाबी गरेका छन्। खबर पाएर आशीघर चौकी पुलिस घटनास्थलमा पुग्यो।

दोकान मालिकले बताए, चोरहरूको गिरोहले सीसीटीभी क्यामराबाट चोरीको समयको फुटेज डिलीट गरेका छन्। ईस्टर्न बाईपास क्षेत्रमा लगातार भइरहेका चोरीका घटनाहरूले व्यापारीहरूमा भयको माहोल छ। व्यापारीहरूले राति पर्याप्त पुलिस गश्तीको माग गरेका छन्। आशीघर चौकी पुलिसले पूरा घटनाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande